Friday, May 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो : अब पेट्रोल र डिजेलकाे मूल्य कति ?

राष्ट्र आवाज by राष्ट्र आवाज
March 26, 2026
in समाचार, समाज, सम–सामयिक
0
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो : अब पेट्रोल र डिजेलकाे मूल्य कति ?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। बुधबार जारी प्रेस विज्ञप्ति अनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैमा समान १५ रुपैयाँ मूल्यवृद्धि गरिएको छ।

निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार, विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ। सो युद्धका कारण १६ देखि ३१ मार्चसम्म करिब ५ अर्ब रुपैयाँ घाटा हुने देखिएको र आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने अनुमान गरिएको छ।

नयाँ मूल्य अनुसार पहिलो वर्गका शहरहरू—चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा कायम हुनेछ।

दोस्रो वर्गका शहरहरू—सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँ, जबकि तेस्रो वर्गका शहरहरू—काठमाडौं, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न विषम परिस्थितिमा सबै उपभोक्ता र सरोकारवालासँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध गरेको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा तत्काल मूल्य समायोजन गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो।

 

Previous Post

सर्वोच्च अदालतमा रवि लामिछाने मुद्दा फिर्ता विवादबारे सुनुवाइ जारी

Next Post

नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l