प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सांसदहरूले आज सिंहदरबारस्थित संसद् भवनको अस्थायी हलमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सबै २७४ सांसदलाई शपथ गराएका हुन्।
नवनिर्वाचित सांसदहरू थरीथरी भेषभूषामा उपस्थित भएका थिए, जसले नेपालको विविध सांस्कृतिक र जातीय पहिचान झल्काउने गरेका थिए।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार, सदस्यले प्रतिनिधिसभा वा कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनैपर्ने व्यवस्था रहेको छ।

