Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सर्वोच्च अदालतमा रवि लामिछाने मुद्दा फिर्ता विवादबारे सुनुवाइ जारी

राष्ट्र आवाज by राष्ट्र आवाज
March 26, 2026
in समाचार, समाज, सम–सामयिक
0
सर्वोच्च अदालतमा रवि लामिछाने मुद्दा फिर्ता विवादबारे सुनुवाइ जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रवि लामिछानेमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी छ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रहेको उक्त मुद्दा केही दिनयता हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ भइरहेको हो।

यसअघि मंगलबार रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए। आज भने महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलहरूले जवाफी बहस प्रस्तुत गर्ने कार्यक्रम छ।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेको हकमा अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। त्यसपछि आलोचना बढेपछि उनले २ माघमा अन्य सबै आरोपितहरूको हकमा पनि सोही निर्णय लागू गरेकी थिइन्।

यसअघि सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको मुद्दा फिर्तासम्बन्धी निर्णयका कागजातसमेत झिकाइसकेको छ।

Previous Post

शपथअघि राप्रपा सांसदहरूद्वारा पशुपतिनाथ दर्शन, हिन्दू राष्ट्रको अठोट

Next Post

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो : अब पेट्रोल र डिजेलकाे मूल्य कति ?

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो : अब पेट्रोल र डिजेलकाे मूल्य कति ?

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो : अब पेट्रोल र डिजेलकाे मूल्य कति ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l