Monday, April 13, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

शपथअघि राप्रपा सांसदहरूद्वारा पशुपतिनाथ दर्शन, हिन्दू राष्ट्रको अठोट

राष्ट्र आवाज by राष्ट्र आवाज
March 26, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
शपथअघि राप्रपा सांसदहरूद्वारा पशुपतिनाथ दर्शन, हिन्दू राष्ट्रको अठोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामा बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेका हुन्।

दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए।
“हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौं भन्ने कामनाका साथ यहाँ आएका हौं,” उनले भने।

उनले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे।
“यही संसदबाट हिन्दू राष्ट्र स्थापना गर्ने हाम्रो अठोट छ,” शाहीको भनाइ थियो।

राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। सोही एजेन्डालाई अघि बढाउँदै सांसदहरूले संसद प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद लिएका हुन्।

संसदको सपथअघि गरिएको उक्त धार्मिक भ्रमणलाई राप्रपाले आफ्नो राजनीतिक प्रतिबद्धता र धार्मिक विश्वाससँग जोडेर हेरेको छ।

Previous Post

तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो सुन

Next Post

सर्वोच्च अदालतमा रवि लामिछाने मुद्दा फिर्ता विवादबारे सुनुवाइ जारी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सर्वोच्च अदालतमा रवि लामिछाने मुद्दा फिर्ता विवादबारे सुनुवाइ जारी

सर्वोच्च अदालतमा रवि लामिछाने मुद्दा फिर्ता विवादबारे सुनुवाइ जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l