Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रास्वपाको सांसद अभिमुखीकरण आज सकिँदै

राष्ट्र आवाज by राष्ट्र आवाज
March 18, 2026
in राजनीति, समाज, सम–सामयिक, सरोकार
0
रास्वपाको सांसद अभिमुखीकरण आज सकिँदै
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम आज पनि जारी रहेको छ।

ललितपुरस्थित एक होटलमा दुईदिने आवासीय रूपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे जानकारी दिइँदैछ। कार्यक्रम हिजोदेखि सुरु भएको हो र आज सम्पन्न हुने जनाइएको छ।

अभिमुखीकरणमा संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण तथा संसदीय समितिहरूको भूमिकालगायतका विषयमा केन्द्रित छलफल भइरहेको छ। साथै, चुनावका बेला नागरिकसँग गरिएका प्रतिबद्धता, आगामी प्राथमिकता र कार्ययोजनाबारे पनि बहस चलिरहेको छ।

कार्यक्रममा संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद् तथा अर्थविद्हरूले सहजिकरण गरिरहेका छन्। पार्टीका उपसभापति स्वर्णिम वाग्ले ले ठूलो जनसमर्थनलाई कायम राख्दै नागरिकको भरोसा जोगाउनु आवश्यक रहेकोमा जोड दिएका छन्।

कार्यक्रमको पहिलो दिन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन्। आज भने दुवै नेता कार्यक्रममा उपस्थित भई सम्बोधन गर्ने रास्वपाले जनाएको छ।

Previous Post

इरान युद्ध विवादमा ट्रम्पका उच्च सहयोगी जो केन्टको राजीनामा

Next Post

विश्व बजारमा तेलको मूल्य घट्यो, आपूर्ति वृद्धि र उच्च भण्डारण मुख्य कारण

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
विश्व बजारमा तेलको मूल्य घट्यो, आपूर्ति वृद्धि र उच्च भण्डारण मुख्य कारण

विश्व बजारमा तेलको मूल्य घट्यो, आपूर्ति वृद्धि र उच्च भण्डारण मुख्य कारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l