यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक गाडी बन्दका कारण आज पनि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । सार्वजनिक गाडी नभएपछि यात्रुहरूले पठाओ, इन्ड्राइभजस्ता राइड शेयरिङमा महँगाे मूल्य तिरेर यात्रु गर्नुपरेकाे गुनासाे गरेका छन् ।
साझा यातायातले भने बस सञ्चालन गरिरहेको छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि २ वटा रुटमा निःशुल्क बस चलाएको छ ।
यसैबीच पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटकीय गाडीलाई आज पनि स्कर्टिङ गरिएको छ । २० पर्यटक गाडीमध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको छ ।
यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तीर्थयात्रीसहितको एउटा विद्युतीय भ्यान पनि स्कर्टिङमार्फत नै काठमाण्डाै ल्याइएको प्रहरीले जनाएको छ ।
गएराति सरकारसँग भएकाे सहमतिअनुसार यातायात व्यवसायीहरूले आज बिहानदेखि नियमित गाडी चलाउनुपर्ने भए पनि अहिलेसम्म चलाएका छैनन् ।

