Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

यातायात कार्यालय कलैयामा घुसको रकम फालाफाल, प्रमुख दास मालामाल, अख्तियार मौन !

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 1, 2025
in समाचार
0
यातायात कार्यालय कलैयामा घुसको रकम फालाफाल, प्रमुख दास मालामाल, अख्तियार मौन !
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज १८ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बारामा भ्रष्टाचारको सिमा नाघ्दा सो कार्यालयमा घुसको रकम फालाफाल भएको समाचार प्राप्त हुन आएको छ ।

सो घुसखोरी कार्यलाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले हाल कति जना दैनिक उत्तीर्ण भए/नभएको रिपोर्टिङ्ग लिईरहे पनि भ्रष्टाचारमा संलग्न भ्रष्ट कर्मचारीहरुलाई कारवाही गर्न सुक्ष्म तरिकाले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नसकेकोमा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

कार्यालय प्रमुख अविन्दर दास आए देखि सुक्ष्म तरिकाले भ्रष्टाचार भईरहेको तथ्य बाहिरिएको छ । प्रमुख दासले व्यक्तिगत रुपमा केही मोटरसाईकलहरु किनि सेटिङ्ग भएका परीक्षार्थीहरुको ठाउँमा ड्रेस परिवर्तन गराउदै फुर्तिलो चालकहरुलाई प्रयोग गर्दै प्रयोगात्मक परीक्षा दिन लगाईरहेको स्रोतले जनाएको छ ।

फुर्तिलो चालकहरुले दिईरहेको प्रयोगात्मक परीक्षामा सिसिटिभी क्यामरा भए पनि टाउकोमा हेल्मेट, मुखमा माक्स लगाएको कारण उनीहरुलाई (चिन्न) छुटयाउन एकछिन गा¥हो भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिसिटिभी फुटेज नियन्त्रणमा लिई सुक्ष्म तरिकाले अनुसन्धान गर्दा नक्कली प्रयोगात्मक परीक्षा दिनेहरुको पर्दाफास हुने नै हो भनि समाचार स्रोतको कथन रहेको छ ।
प्रमुख दासले आउँदा तत्कालिन अवस्थामा प्रयोगात्मक परीक्षा दिईरहेका परीक्षार्थीहरुको सिसिटिभी क्यामराको फुटेजमा ईडिट रबि चौधरीले गरिरहेका थिए । जुन कार्यालयका कर्मचारी होईनन् ।

सो सिस्टममा माथिको मिति ईडिट गर्न सकिने भए पनि तलको मितिको ईडिट कुनै पनि हालतमा हुन नसक्ने जानिफकारहरुको भनाई रहेको छ । सो कार्यालयमा लिखित दिने सेटिङ्ग भएका परीक्षार्थीहरुलाई ५/६ वटामा संकेत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरुले नै संकेत चिन्ह लगाई पास गराउने गरेको परीक्षामा सहभागी एक परीक्षार्थीले बताए ।
लिखित परीक्षा पछि हुने प्रयोगात्मक परीक्षामा सेटिङ्ग भएका परीक्षार्थीहरु सँग ट्रायल प्रमुख र ट्राफिक प्रहरीको सहमतिमा प्रमुख दासले व्यक्तिगत रुपमा किनेका मोटरसाईकलबाट फुर्तिलो चालकहरुलाई अनुहार छोप्ने गरी हेल्मेट र माक्स लगाउन लगाई ट्रायल लिईरहेको परीक्षामा सहभागी एक परीक्षार्थीले नाम नछाप्ने शर्तमा बताए ।

ट्रायल परीक्षा सकिएपछि ट्रायल प्रमुख (प्रयोगात्मक परीक्षाका केन्द्राध्यक्ष)को नेतृत्वमा मेकानिकल सुपरभाईजर (ईन्जिनियर) सहित ट्रायलमा खटिएका अन्य कर्मचारीहरु निरीक्षकको हैसियतमा संख्या किटान गरी उत्तीर्ण भएको सिफारिस गरेपछि मात्र परीक्षा समितिले सो लाई माईनुट बुक उठाई निर्णय गरी सदर गर्ने गरेका छन् ।

सो कार्यालयमा तत्कालिन अवस्थामा लिखित प्रमुख मुकेश कुशवाहा र ट्रायल प्रमुख जिवन पौडेल रहेका थिए भने हालको अवस्थामा लिखित प्रमुख जिवन पौडेल र ट्रायल प्रमुख मेकानिकल सुपरभाईजर संतोष सिंह रहेका छन् ।
परीक्षा समितिको प्रमुखमा अविन्दर दास र सदस्यहरुमा मेकानिकल सुपरभाईजर संतोष सिंह र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक केसी सहित तीन जना रहेका छन् ।

सो कार्यालयको मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् । प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै लिने गरेको एक बिचौलियाले बताए ।
प्रमुख दास रौतहट यातायात कार्यालयमा कार्यरत्त रहंदा आफु सँगै राख्ने गरेका आफ्ना नातेदार सिकेन्द्र दासलाई बारा जिल्लामा आउंदा लिदै आएका छन् । प्रमुख दासका बढी विश्वासपात्रका रुपमा सिकेन्द्र दास नै रहेको स्रोतको भनाई रहेको छ ।
नक्कली प्रयोगात्मक परीक्षाका परीक्षार्थीहरुलाई व्यवस्थापन देखि लिएर असुली सम्मको जिम्मा प्रमुख दासले सिकेन्द्र दासलाई नै दिने गरेको बताईन्छ ।

मासिक रुपमा करोडौं भ्रष्टाचार भईरहेको सो आम्दानीबाट प्रमुख दासको भागमा २० प्रतिशत, ट्राफिक प्रहरी निरीक्षक दिपक केसीको भागमा २० प्रतिशत, ट्रायल प्रमुख र त्यसमा खटिने कर्मचारीहरुको भागमा २० प्रतिशत, मेकानिकल सुपरभाईजर संतोष सिंहको भागमा १५ प्रतिशत र विविधमा २५ प्रतिशत भाग जाने गरेको स्रोतको भनाई रहेको छ ।
प्रहरी निरीक्षक केसीको विश्वासपात्रको रुपमा ट्रायलमा खटिएका प्रहरी नायब निरीक्षक किरण कार्कीले हिसाब किताब गरी केसीलाई बुझाउने गरेको र सो बाट केही भाग मधेश प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रहरी उपरिक्षक राजकुमार सिलवाललाई जाने गरेको स्रोतले जनाएको छ ।
यातायात कार्यालय कलैयाका भ्रष्टाचार सन्दर्भमा त्यहाँका केही राजनैतिक दल र युवाहरुको जमातले केही महिना पहिले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको ध्यानाकर्षण गराउदां उनले प्रमुख दासलाई बोलाएर करिब एक महिना सेटिङ्गमा काम नगर्न सुझाएको स्रोतको कथन रहेको छ ।
तर सुक्ष्म तरिकाले भ्रष्टाचार गर्नमा सिपालु मानिएका प्रमुख दासले करिब एक महिना काम नहुँदा सरकारको राजस्व गुम्ने कुरा देखाई प्रमुख जिल्ला अधिकारी अधिकारीलाई भ्रमित पार्दै यहाँको आदेशलाई स्वीकार्दै केही दिन बन्द गर्ने वाचा गरेको ती स्रोतको कथन रहेको छ ।

प्रमुख दासले आफ्नो वाचा अनुसार केही दिन फेयर काम गरी प्रमुख जिल्ला अधिकारी अधिकारीलाई रिझाउदै पुनः लाईसेन्सको काम सेटिङ्गमा सुरु गरेको र विविधमा छुटयाईएको २५ प्रतिशतबाट अधिकारीको भाग जाने गरेको सो कार्यालयमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

कार्यालयको तमाम बेथितिको बारेमा प्रतिक्रिया लिन कार्यालय प्रमुख दास सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

Previous Post

मनसुन केही दिन काेशी प्रदेशमै रहने, वर्षा कम र गर्मी बढी हुने अनुमान

Next Post

डा. शेखर कोइरालाद्वारा अजय द्विवेदीका पिताको निधनप्रति श्रद्धाञ्जली

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
डा. शेखर कोइरालाद्वारा अजय द्विवेदीका पिताको निधनप्रति श्रद्धाञ्जली

डा. शेखर कोइरालाद्वारा अजय द्विवेदीका पिताको निधनप्रति श्रद्धाञ्जली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l