वीरगंज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद डा. शेखर कोइरालाले मधेश प्रदेशका नेपाली कांग्रेस पर्साका पूर्व सभापति तथा संविधानसभा सदस्य अजय द्विवेदीका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
डॉ. कोइरालाले एक शोक सन्देशमार्फत स्वर्गीय राजेश्वर द्विवेदीको जेठ ११ गते भएको निधनले आफूलाई स्तब्ध र दुःखी बनाएको उल्लेख गरेका छन्। शोक सन्देशमा उनले स्व. द्विवेदीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त अजय द्विवेदी लगायत सम्पूर्ण परिवारजन, आफन्तजन तथा इष्टमित्रप्रति समवेदना प्रकट गरेका छन्।
“असामयिक एवं अपूरणीय दुःखको यस घडीमा सम्बल एवं धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने कामना गर्दछु”, डा. कोइरालाले भनेका छन्।
स्व. राजेश्वर द्विवेदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै डा. कोइरालाले कांग्रेस परिवारको तर्फबाट समेत समवेदना प्रकट गरेका छन्।

