Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मनसुन केही दिन काेशी प्रदेशमै रहने, वर्षा कम र गर्मी बढी हुने अनुमान

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 1, 2025
in समाचार
0
मनसुन केही दिन काेशी प्रदेशमै रहने, वर्षा कम र गर्मी बढी हुने अनुमान
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  – नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै देशको कोशी प्रदेशमा आइपुगेको मनसुन अब केही दिन अघि नबढ्ने देखिएको छ ।

आउँदो ३ दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको मौसम पूर्वानुमान ममहाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभाव पनि घटेर मनसुन कोशी प्रदेशमै स्थिर रहने देखिन्छ ।

मनसुन भित्रिएकै दिन कोशी प्रदेशमा ठूलो पानी पर्दा सडक, जलविद्युत‍्लगायतका संरचनामा क्षति पुर्‍याएको थियो ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिनुभयो । वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उहाँले बताउनुभयो ।

अहिले सोलुखुम्बु र दोलखा जिल्लाका केही ठाउँबाहेक काठमाण्डौबाट पूर्वतर्फ खासै पानी परेको छैन । गण्डकीको कास्की, तनहुँ, पर्वत, म्याग्दीलगायतका जिल्लाका केही ठाउँमा सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागका थोरै ठाउँ र बाँकी भागका १/२ ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

Previous Post

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

Next Post

यातायात कार्यालय कलैयामा घुसको रकम फालाफाल, प्रमुख दास मालामाल, अख्तियार मौन !

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
यातायात कार्यालय कलैयामा घुसको रकम फालाफाल, प्रमुख दास मालामाल, अख्तियार मौन !

यातायात कार्यालय कलैयामा घुसको रकम फालाफाल, प्रमुख दास मालामाल, अख्तियार मौन !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l