Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अर्काइभ] गरिबका नाममा आउने सहयोग विदेशी पाल्दा पाल्दै सकिएपछि…!

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 30, 2025
in समाचार
0
अर्काइभ] गरिबका नाममा आउने सहयोग विदेशी पाल्दा पाल्दै सकिएपछि…!
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

विरगंज – २०४६ को राजनीतिक परिवर्तनले मुलुकमा लगानीको वातावरण बन्दै थियो । गरिबी निवारणका नाममा दाता राष्ट्रहरूले आर्थिक तथा प्राविधिक सहयोग बढाइरहेका थिए । दाताहरूले नेपाललाई ५० को दशकसम्म सरदर बर्सेनि १० करोडभन्दा बढी अमेरिकी डलर प्राविधिक सहयोगका रुपमा उपलब्ध गराउँदै आएका थिए ।

तर, गरिबका नाममा प्राप्त हुने उक्त रकमको ५० प्रतिशतभन्दा बढी रकम विदेशीले नै तलब–भत्ताका नाममा फिर्ता लैजाने गरेको गुनासो सरकारले नै गर्न थालेको थियो । विदेशी सल्लाहकारका नाममा आयोजनाहरूले गर्ने खर्चमाथि अहिले पनि त्यस्तै प्रश्न उठ्ने गरेको छ । ३२ वर्षअघि पनि त्यही समस्या हामीकहाँ व्याप्त थियो ।

त्यतिबेला दाताहरूले दिएको सहयोग रकमबाट विदेशी सल्लाहकारहरू एकै जनाले वार्षिक १ देखि डेढ लाखसम्म तलब लिने गरेको तथ्य सार्वजनिक भएको थियो । ‘नेपालमा प्राविधिक सहायता : परिवर्तनका लागि एक एजेन्डा’ शीर्षकको प्रतिवेदनमा विदेशीले लिने तलब सुविधा उल्लेख थियो । नेपालले झन्डै ३० को दशकदेखि २० वर्षमा प्राविधिक सहायता शीर्षकमा १ अर्ब र पुँजीगत खर्चमा ४ अर्ब अमेरिकी डलर प्राप्त गरिसकेको थियो । विदेशी सहायतासम्बन्धी राष्ट्रिय योजना आयोगले तयार गरेको प्रतिवेदनमार्फत दातृराष्ट्र तथा संस्थाहरूसँगको सम्झौता अनुसार अधिकांश सहयोग उतै लैजाने गरिएको तथ्य सार्वजनिक भएपछि सरकार नै असन्तुष्ट थियो ।

नेपालको गरिबका नाममा आउने सहयोगको ठूलो हिस्सा विदेशीले नै लैजाने नीतिप्रति सरकार नै असन्तुष्ट भएपछि सार्वजनिक रुपमा प्रश्न उब्जेको थियो । त्यसैले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै असन्तुष्टि जनाउँदै विदेशी सहयोगसम्बन्धी नीति परिवर्तनको संकेत गरेका थिए । उनले विदेशी सहायतासम्बन्धी कार्यक्रम बोल्दै विदेशी सहायतासम्बन्धी नीति परिवर्तनको आशय व्यक्त गरेका थिए ।

‘गरिबीका नाममा देशमा जति सहयोग थुपारिएको छ, त्यसबाट सहयोगदाताहरू नै धनी भएका छन्,’ राष्ट्रिय योजना आयोगका उच्च अधिकारीहरूले यस्तो भनाइ राख्ने गरेका थिए । खासमा आयोगले तयार गरेको एउटा प्रतिवेदनमा सहायताको आधा अंश विदेशीले नै लैजाने उल्लेख गरिएको थियो । विदेशी सल्लाहकारले पाउने तलबको १ देखि २ प्रतिशत मात्र नेपालका विशिष्ट कर्मचारीले पाइरहेका थिए ।

आर्थिक वर्ष २०४८/०४९ मा नेपालको आयोजनाहरूमा २ हजार ५ सय ३३ जना विदेशीले काम गरिरहेका थिए । द्विपक्षीय वा बहुपक्षीय सम्झौताका आधारमा विशेषज्ञ, स्वयंसेवक, ठेक्का ‘बिड’ गरेर आउने सल्लाहकारलगायतले नेपालमा काम गरिरहेका थिए । सहयोग रकम उपलब्ध गराउने समयमा नै दाताकै मान्छेलाई जागिर दिनुपर्ने सर्त राख्ने भएकाले नेपालले जबरजस्ती त्यस्ता व्यक्तिलाई पाल्नुपर्ने बाध्यता थियो ।

राष्ट्रिय योजना आयोगका प्रवक्ता खेमराज नेपालले ठूलो सहयोग दाताहरूकै लागि खर्च हुने गरेको बताएका थिए । सहायतामध्ये ५० प्रतिशत सल्लाहकार, २० प्रतिशत विदेशी तालिम, २० प्रतिशत सरसामान तथा उपकरण र बाँकी स्थानीय प्रविधिकका लागि खर्च हुने गरेको उनको भनाइ थियो । थोत्रा गाडी, कम्प्युटर तथ्यांक र स्थानीय सहायक कर्मचारीले लिने ज्ञान मात्रै नेपालले पाउने उपलब्धि भएको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका थिए ।

त्यसैले योजना आयोगले तयार गरेको प्राविधिक सहायता मूल्यांकन तथा समन्वय आयोजना (टीसीएसी) प्रतिवेदनले द्विपक्षीय र बहुपक्षीय सम्झौताबाट प्राप्त हुने सहयोग गरिबीको समस्यासम्बन्धी कामलाई टेवा पुग्ने गरी स्थानीय ज्ञान र प्रविधि विकासमा खर्च गर्नुपर्ने सुझाव दिएको थियो ।

खासगरी विदेशी सहयोगको रकम कसरी खर्च भइरहेको छ ? गरिबी निवारणका लागि यसले टेवा पुर्‍याएको छ कि छैन ? सहायता रकम विदेशीले नै फिर्ता लैजाने अवस्था कसरी बनेको छ ? यसको समाधान के हुन सक्छ भनेर सरकारको धारणासमेत समेटेर पत्रकार नारायण वाग्लेले तयार गरेको ‘विदशी सहायता नीतिमा परिवर्तनको माग’ शीर्षकको समाचार कान्तिपुर दैनिकले २०५० पुस १४ गते प्रकाशित गरेको थियो ।

Previous Post

राजावादी समूहको आन्दोलनले यातायात प्रभावित

Next Post

एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने

एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l