विरगंज १६ जेठ : नेकपा एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने भएको छ । एमाले मधेश प्रदेशको आयोजना र केन्द्रिय पार्टी स्कुल बिभागको सहयोगमा बर्दिवासमा आयोजना गरिएको २ दिने प्रदेश स्कुल सन्चाल सम्बन्धि कार्यशालामा यस्तो घोषणा गरिएको हो ।
नेकपा एमालेका उपमहासचिव तथा केन्द्रिय स्कुल बिभाग प्रमुख प्रदिप ज्ञावालीको प्रमुख आतिथ्यतामा सुरुभएको कार्यशाला जेठ १६ र १७ गते दुइदिन सम्म चल्ने छ । पार्टिले उच्च तह, माध्यमिक तह र आधारभुत तहगरि तीन खालका स्कुल सञ्चालनको अवधारणा ल्याएको छ सोही अनुसार आधारभुतहको प्रशिक्षणका लागि कार्यशालाको आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिनुभयो ।
सो अनुशार माक्सबादी दर्शन,समाजबादी अर्थ ब्यबस्था, समाजबादको आधार,समाजबाद,राज्य र कम्युनिस्ट पार्टिका बारेमा मधेस प्रदेशमा ऐले रहेका ६० हजार पार्टी सदस्यलाइ प्रशिक्षण दिइने पौडेलले जानकारीदिनु भयो । कार्यशाला लाई सम्बोधन गर्दै उपमहासचिव ज्ञावालिले सरकारले गरेका राम्रा कामको बारेमा जनतालाइ जानकारी गराउन न सकिएको बताउनु भयो ।
उहाले लोकतान्त्र आएपछी मुलुक समृद्धिको दिशा तर्फ अघिबडेको उल्लेख गर्दै राजा ल्याउछु भन्ने कुरा दिउसै देख्ने सपना भएको उल्लेख गर्दै लोकतन्त्र्को बिकल्प राजतन्त्र नहुने स्पष्ट पार्नु भयो । त्यसैगरि कार्यक्रमा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रिय स्कुल बिभाग सचिब घनश्याम कोइराला,सदस्य रामशरण प्याकुरेल,शन्कर महतो लगाएतले बोल्नु भएको थियो ।
मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा प्रदेश सचिब मनोज पौडेलको सहजीकरण र स्वागत उपाध्यक्ष बिचारी यादबले गर्नु भएको थियो । गोष्ठीमा प्रदेश इचार्ज,प्रदेश पदाधिकारी,प्रदेश स्कुल बिभागका सदस्य,जिल्ला इन्चार्ज अध्यक्ष स्कुल बिभाग प्रमुख,जनसङगठनका प्रदेश अध्यक्ष सहभागिता रहेको छ ।

