१४ जेठ,काठमाडौं । भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन्।
उनी निकट स्रोतका अनुसार, यदि प्रतिनिधिसभाको अवरोध नहटेमा गृहमन्त्रीले पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्ने तयारी गरेका छन्। तर, यदि विपक्षी दलहरूको अवरोध हटेमा भने उनी संसद बैठकबाटै आफ्नो धारणा सार्वजनिक गर्ने पक्षमा छन्।
गृहमन्त्री लेखकले संसदमा बोल्नका लागि समय लिएका छन्। यद्यपि, विपक्षी दलहरूले उनको राजीनामाको माग गर्दै संसद अवरुद्ध गरिरहेका छन्। गृहमन्त्री निकट स्रोतले भन्यो, “सकेसम्म संसद अवरोध हटाएर त्यहीँ सम्बोधन गर्ने तयारी छ। अवरोध नहटे पत्रकार सम्मेलन हुन्छ।“ यसले गृहमन्त्री आफ्नो स्पष्टीकरण दिन आतुर रहेको संकेत गर्छ।