Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सहयोग मागेका प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ–पहिला गृहमन्त्री हटाउनुस्

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
सहयोग मागेका प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ–पहिला गृहमन्त्री हटाउनुस्
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

१४ जेठ,काठमाडौं। प्रतिपक्ष दलले संसद अवरुद्ध पार्ने थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गृहमन्त्रीलाई संसदमा बोल्न दिने वातावरण बनाउन आग्रह गरेका छन्।

प्रतिपक्ष दलको बैठक बसिरहेका बेला प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर संसदमा गृहमन्त्रीलाई बोल्ने वातावरण बनाउन सहयोगको याचना गरेका हुन्। तर जवाफमा प्रचण्डले गृहमन्त्रीलाई राजीनामा गराउनुस् र गृहमन्त्रीमाथि उठेको विषयमा तपाईंले जवाफ दिनुस् भन्ने जवाफ फर्काएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस एमाले शीर्ष नेताहरुबीचको छलफलले गृहमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो। त्यस लगत्तै बसेको प्रतिपक्ष दलको बैठकले संसद अवरोध गर्ने गरी छलफल गरेको थियो। विपक्षी दलको बेठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेको बैठकमा सहभागी माओवादी सांसद माधव सापकोटाले जानकारी दिए।

‘प्रधानमन्त्रीजीले अध्यक्ष (प्रचण्ड) लाई फोन गर्नु भएको थियो। प्रधानमन्त्रीले संसदमा गृहमन्त्रीलाई बोल्ने वातावरण बनाउनु सहयोग आग्रह गर्नु भयो। जवाफमा अध्यक्षले गृहमन्त्रीको राजीनामा गराउनुस्, त्यसपछि गृहमन्त्रीमाथि उठेका प्रश्नको जवाफ तपाईंले दिनुस् भन्नु भयो,’ प्रधानमन्त्री र प्रचण्डबीच भएको फोन संवाद उद्धृत गर्दै सापकोटाले डिसी नेपालसँग भने।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरुले संसद अवरोध गर्दै आएका छन्।

Previous Post

सदनको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

Next Post

गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्ने तयारीमा, संसद खुले संसदबाटै सम्बोधन गर्ने

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्ने तयारीमा, संसद खुले संसदबाटै सम्बोधन गर्ने

गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्ने तयारीमा, संसद खुले संसदबाटै सम्बोधन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l