Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा मनसुनको तयारी : नाला सफाइ र अतिक्रमण हटाउने अभियान तीव्र

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 27, 2025
in Uncategorized, राजनीति, समाचार, समाज
0
वीरगञ्जमा मनसुनको तयारी : नाला सफाइ र अतिक्रमण हटाउने अभियान तीव्र
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

१३ जेठ,वीरगञ्ज । मनसुन नजिकिएसँगै वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्रका मुख्य तथा सहायक नालाहरूको सफाइ अभियानलाई तीव्रता दिएको छ। बाढीजन्य जोखिम न्यूनीकरण गर्न र वर्षौंदेखि अवरुद्ध रहेका नालाहरूको सरसफाइलाई महानगरले प्राथमिकतामा राखेको हो।

महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा मंगलबार वडा नम्बर ११ र १३ अन्तर्गत पर्ने मुख्य नालाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ। टोलीले अल्पाइन स्कुल हुँदै श्रीपुर क्षेत्रसम्म फैलिएको नालाको अवस्था अध्ययन गरेको थियो।

निरीक्षणका क्रममा नालाहरू अतिक्रमणमा परेको, लामो समयदेखि सफाइ नहुँदा पानीको निकास अवरुद्ध भएको र बाढीको समयमा जलजमावको समस्या देखिएको पाइएको छ।

स्थानीयबासीले अनुगमनका क्रममा घरभित्रसम्म पानी पस्ने, दुर्गन्ध फैलिने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने समस्याबारे महानगर प्रमुखसमक्ष गुनासो गरेका थिए। स्थानीयको समस्या सुनेपछि प्रमुख सिंहले तत्काल नाला सफाइ र अतिक्रमण हटाउने निर्देशन दिएका छन्।

“स्थानीयको समस्या समाधानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ,“ प्रमुख सिंहले भन्नुभयो, “दीर्घकालीन रुपमा फोहर व्यवस्थापन र नाला संरक्षणसम्बन्धी योजना पनि निर्माण गरिनेछ।“

अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, वडा नम्बर ११ का अध्यक्ष अजय चौरसिया, वडा नम्बर १३ का अध्यक्ष हिरालाल गिरी, सरसफाइ प्रमुख सर्फुदिन अन्सारी, प्राविधिक सल्लाहकार प्रकाश अमात्यलगायतको उपस्थिति रहेको थियो।

वीरगञ्ज महानगरपालिकाले आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रहरूको पनि अनुगमन गर्दै तत्काल समाधान र पूर्वाधार सुधारमा जोड दिने जनाएको छ।

Previous Post

बिश्रामपुरको महेन्द्र आधारभूत विद्यालयको जीर्णोद्धारका लागि पहल, प्रदेश अध्यक्ष सोनलद्वारा प्रतिबद्धता

Next Post

गणतन्त्र दिवस २०८२ मा मधेश प्रदेशद्वारा ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
गणतन्त्र दिवस २०८२ मा मधेश प्रदेशद्वारा ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान

गणतन्त्र दिवस २०८२ मा मधेश प्रदेशद्वारा 'प्रेस स्वतन्त्रता सेनानी' सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l