Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बिश्रामपुरको महेन्द्र आधारभूत विद्यालयको जीर्णोद्धारका लागि पहल, प्रदेश अध्यक्ष सोनलद्वारा प्रतिबद्धता

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 27, 2025
in राजनीति, समाचार, समाज
0
बिश्रामपुरको महेन्द्र आधारभूत विद्यालयको जीर्णोद्धारका लागि पहल, प्रदेश अध्यक्ष सोनलद्वारा प्रतिबद्धता
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

१३ जेठ,वीरगञ्ज । बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५, नकटुवास्थित श्री महेन्द्र आधारभूत विद्यालयको जीर्ण भवन र कम्पाउन्ड वालको पुनर्निर्माणका लागि आज (मंगलबार) पहल सुरु भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेश प्रदेशका अध्यक्ष तथा प्रदेश सभा सदस्य माननीय जितेन्द्र सोनलले विद्यालयको निरीक्षण गर्दै भवन र कम्पाउन्ड वाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

विद्यालयको वर्तमान अवस्था अत्यन्तै दयनीय रहेको र यसले विद्यार्थीहरूको पठनपाठनमा बाधा पुर्याएको गुनासो स्थानीयले गरेका थिए। माननीय सोनलले निरीक्षणका क्रममा विद्यालयको अवस्था अवलोकन गर्दै यसको तत्काल मर्मतसम्भार र नयाँ संरचना निर्माणको आवश्यकतामा जोड दिनुभयो। उहाँले प्रदेश सरकारबाट यस कार्यका लागि बजेट विनियोजन गर्न आफूले पहल गर्ने आश्वासन दिनुभयो।

यसैगरी, बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अली भुटोले पनि विद्यालयको पुनर्निर्माणमा गाउँपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयको जीर्णोद्धारले यस क्षेत्रका बालबालिकाका लागि सुरक्षित र उपयुक्त शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबी अख्तर आलम, लोसपा मधेश प्रदेश सदस्य कृष्ण साह, पूर्व वडा अध्यक्ष भोला साह, उपेन्द्र महतो, अच्छेलाल सर्राफ, सुरेश महतो, जुगेश साह, विजय महतो, शर्मा साह सोनार, जोगिन्द्र महतो लगायत विद्यार्थीका अभिभावक र स्थानीय भद्रभलादमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यस पहलले महेन्द्र आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीहरूलाई राम्रो सिकाइ वातावरण प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

आगलागीबाट १ महिना ११ जनाको मृत्यु, ६७ घाइते

Next Post

वीरगञ्जमा मनसुनको तयारी : नाला सफाइ र अतिक्रमण हटाउने अभियान तीव्र

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
वीरगञ्जमा मनसुनको तयारी : नाला सफाइ र अतिक्रमण हटाउने अभियान तीव्र

वीरगञ्जमा मनसुनको तयारी : नाला सफाइ र अतिक्रमण हटाउने अभियान तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l