Thursday, August 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आज बिहानैदेखि भोटेकोशी बाढी प्रभावितको उद्धार तीव्र, १५ हेलिकोप्टर परिचालन

राष्ट्र आवाज by राष्ट्र आवाज
August 27, 2026
in समाचार, समाज
0
आज बिहानैदेखि भोटेकोशी बाढी प्रभावितको उद्धार तीव्र, १५ हेलिकोप्टर परिचालन
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको उद्धार बिहीबार बिहानैदेखि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरमार्फत तीव्र पारिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार साँझ बसेको बैठकले प्रभावित क्षेत्रका घाइतेलाई तत्काल उद्धार गरी प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका शिविरमा लैजाने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गम्भीर घाइतेलाई प्राथमिकताका आधारमा तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी गरिएको छ । घाइतेको अवस्था मूल्याङ्कन गरी उद्धार तथा उपचारलाई प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो ।

बाढी प्रभावितका लागि आवश्यक राहत सामग्रीसमेत स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाइएको छ ।

रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १५ वटा हेलिकोप्टर परिचालन गरिएको छ। हालसम्म नेपाली सेनाका हवाई साधनमार्फत ९७ जनाको उद्धार गरिएको जनाइएको छ ।

यसैबीच, वीर अस्पतालबाट खटिएको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा घाइतेको आपत्कालीन उपचार गरिरहेको छ । विपद् व्यवस्थापनमा प्रयोग हुने एक सेट फिल्ड अस्पतालसहित आवश्यक औषधि, मेडिकल सामग्री तथा उपकरणसमेत त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको छ ।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य सेवा विस्तार गर्ने कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ ।

Previous Post

मधेशका सात जिल्लामा जापानीज इन्सेफ्लाइटिस, १९ सङ्क्रमितमध्ये ६ जनाको मृत्यु

Next Post

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि राजनीतिक दलका संयन्त्र परिचालन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि राजनीतिक दलका संयन्त्र परिचालन

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि राजनीतिक दलका संयन्त्र परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l