Saturday, July 4, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रोजगार मेला २०८३ अन्तर्गत ‘सीभी निर्माण तथा अन्तर्वार्ता तयारी’ कार्यक्रम सम्पन्न ।

राष्ट्र आवाज by राष्ट्र आवाज
July 4, 2026
in समाचार
0
रोजगार मेला २०८३ अन्तर्गत ‘सीभी निर्माण तथा अन्तर्वार्ता तयारी’ कार्यक्रम सम्पन्न ।
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 

लालबाबु सिंह वीरगञ्ज, असार २०

वीरगञ्ज उद्योग वाणिज्य संघ (BiCCI), नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), वीरगञ्ज महानगरपालिका, लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट (Leadership Development Institute–LDI) तथा ह्युमन रिसोर्स सोसाइटी, मधेश च्याप्टर (HR Society Madhesh Chapter) को संयुक्त आयोजनामा सञ्चालन भइरहेको रोजगार मेला २०८३ अन्तर्गत शनिबार बिरगंज उधोग वाणिज्य संघको सभाहलमा युवायुवतीहरू लाई रोजगारीका लागि आवश्यक व्यावसायिक सीप विकास गराउने उद्देश्यले ‘सीभी (CV) निर्माण तथा अन्तर्वार्ता तयारी’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता वीरगञ्ज उद्योग वाणिज्य संघ (BiCCI) का अध्यक्ष श्री हरि प्रसाद गौतम ले गर्नुभएको थियो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल, सहसचिव श्री अनुप कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का सहायक निर्देशक श्री हरि पौडेल तथा श्री छिरिङ तामाङ को विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण एचआर सोसाइटी मधेश प्रदेश चैप्टर का अध्यक्ष एवं मुख्य प्रशिक्षक अनिल जैसवाल ले गर्नुभएको थियो भने यसको प्राविधिक सञ्चालन लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट (LDI) र ह्युमन रिसोर्स सोसाइटी, मधेश च्याप्टर ले गरेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य युवायुवतीहरूलाई रोजगार बजारको आवश्यकता अनुरूप प्रभावकारी र व्यावसायिक सीभी तयार गर्ने सीप विकास गराउनु, अन्तर्वार्तामा आत्मविश्वासका साथ प्रस्तुत हुन आवश्यक ज्ञान तथा व्यवहारिक सीप प्रदान गर्नु, रोजगारदाताको अपेक्षा अनुरूप आफूलाई प्रस्तुत गर्न सक्षम बनाउनु तथा रोजगारी प्राप्त गर्ने सम्भावना अभिवृद्धि गर्नु रहेको थियो।

प्रशिक्षणका क्रममा सहभागीहरूलाई प्रभावकारी सीभी लेखन, अन्तर्वार्ताको तयारी, व्यक्तिगत प्रस्तुतीकरण, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि तथा व्यावसायिक आचरणका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा ५९ जना युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले प्रशिक्षणलाई आफ्नो करियर विकास तथा रोजगारी प्राप्तिको तयारीका लागि अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए।

आयोजक संस्थाहरूका अनुसार रोजगार मेला २०८३ भोलि २१ गते आइतबार होटल भिस्वा बिरगंजमा बिहान १० देखि ५ बजे सम्म आयोजना गर्ने र सो अन्तर्गत यस्ता क्षमता विकासमूलक कार्यक्रमहरूले दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न, रोजगारदाता र रोजगार खोज्ने युवाबीच प्रभावकारी समन्वय स्थापित गर्न तथा स्थानीय स्तरमा रोजगारी प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

वीरगन्ज कपडा बैंक द्वारा वीरगन्जको घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण । 

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l