Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सरकारद्वारा नीति, बजेट र शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक

राष्ट्र आवाज by राष्ट्र आवाज
April 14, 2026
in राष्ट्रिय
0
सरकारद्वारा नीति, बजेट र शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सरकारले नीति तथा कार्यक्रम, बजेट र शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा दलका चुनावी घोषणापत्रलगायतका विषय समेटेर उक्त प्रारम्भिक दस्तावेज तयार पारिएको हो ।

सरकारले राजनीतिक दलहरूलाई वैशाख १० गतेभित्र सुझाव दिन आग्रह गरेको छ । यो प्रतिबद्धतापत्र आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने नीति तथा बजेटको आधारका रूपमा रहने बताइएको छ ।

प्रतिबद्धतापत्रमा आर्थिक स्थायित्व, सुधार तथा सुशासनका विषयलाई प्राथमिकता दिइएको छ । निजी क्षेत्रलाई रोजगारी सिर्जना, वस्तु तथा सेवा आपूर्ति, राजस्व योगदान तथा लगानीयोग्य पूँजी प्रवाहमा अग्रणी बनाउने र सरकार नियामक तथा सहजीकरणको भूमिकामा रहने उल्लेख गरिएको छ ।

सरकारले आगामी पाँच वर्षभित्र औसत आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउने, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर र कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० अर्ब डलर पुर्‍याउने लक्ष्य राखेको छ । साथै, कर दर र सर्तहरू १० वर्षसम्म स्थिर रहने कानुनी व्यवस्था गरिने जनाइएको छ। उद्योग दर्तादेखि नवीकरणसम्मका प्रक्रिया कागजविहीन र सरलीकृत डिजिटल प्रणालीमार्फत सञ्चालन गरिनेछ ।

कृषि क्षेत्रमा आयात प्रतिस्थापन र आत्मनिर्भरता हासिल गर्न नीतिगत तथा कानुनी सुधार गरिनेछ। कृषि उद्यमलाई प्राथमिकता दिँदै कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछन् । बाँझो जमिनको उपयोग, चक्लाबन्दी तथा किसानका लागि क्रेडिट कार्ड, बीमा र पेन्सनको व्यवस्था गरिने उल्लेख छ ।

पर्यटन क्षेत्रमा पाँच वर्षभित्र पर्यटक संख्या र औसत बसाइ अवधि बढाई प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्य राखिएको छ । पशुपतिनाथ, लुम्बिनी, काठमाडौं उपत्यका, देवघाटदेखि मुक्तिनाथसम्मका धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको प्रवर्द्धनका लागि विशेष पूर्वाधार निर्माण गरिनेछ ।

ऊर्जा क्षेत्रमा आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ठूला आयोजना, जस्तै बूढीगण्डकी र दूधकोशीलाई प्राथमिकता दिइनेछ। साथै, ग्रीन हाइड्रोजन तथा रेयर अर्थ जस्ता रणनीतिक स्रोतहरूको अन्वेषण गरिनेछ । नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा निर्यात केन्द्रका रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।

खानी तथा खनिज क्षेत्रको वैज्ञानिक व्यवस्थापनका लागि ‘खानी तथा खनिज प्राधिकरण’ स्थापना गरिनेछ। ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खनन नियन्त्रण गरी व्यवस्थित निर्यात नीति लागू गरिने उल्लेख छ ।

पूर्वाधार विकासअन्तर्गत महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिनेछ भने उत्तर–दक्षिण लोकमार्ग निर्माणलाई तीव्रता दिइनेछ । भारतसँग जलमार्ग र चीनसँग पारवहन सम्झौता कार्यान्वयन गरी अन्तरदेशीय व्यापार सुदृढ गरिनेछ ।

रोजगारी सिर्जनाका लागि पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी उपलब्ध गराउने लक्ष्य राखिएको छ। शिक्षा क्षेत्रमा विद्यालय तहदेखि कोडिङ, डेटा, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षा जस्ता विषय समावेश गरिनेछन् । सार्वजनिक शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउने योजना रहेको छ ।

स्वास्थ्य क्षेत्रमा ‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनेछ । साथै, २०४६ सालपछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गरिने व्यवस्था गरिनेछ ।

सुशासनतर्फ भ्रष्टाचार नियन्त्रणका लागि ‘सूचक संरक्षण’ कानुन ल्याइने, संवैधानिक निकाय सुदृढ गरिने तथा मन्त्रिपरिषद्का नीतिगत निर्णयको स्पष्ट परिभाषा गरिनेछ । संघीय मन्त्रालयको संख्या १७ मा सीमित गरिने र सार्वजनिक सेवामा ‘टाइम कार्ड’ प्रणाली लागू गरिने उल्लेख छ ।

सरकारले कागजविहीन प्रशासन र पारदर्शी सेवा प्रवाहमार्फत सुशासन कायम गर्ने लक्ष्य राखेको जनाएको छ ।

Tags: #सरकार #प्रतिबद्धतापत्र #नीतिरकार्यक्रम #नेपाल #अर्थतन्त्र #सुशासन #रोजगारी #कृषि #ऊर्जा #पर्यटन #पूर्वाधार #शिक्षा #स्वास्थ्य #डिजिटलनेपाल #भ्रष्टाचारनियन्त्रण
Previous Post

वैशाख २ गते ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने, देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन हुने

Next Post

बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा, भाजपा नेतृत्वमा नयाँ सरकार बन्ने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा, भाजपा नेतृत्वमा नयाँ सरकार बन्ने

बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा, भाजपा नेतृत्वमा नयाँ सरकार बन्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l