सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी)लाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ४२ रनले पराजित गरेको हो।
सनराइजर्सले दिएको २३२ रनको लक्ष्य पछाएको बैंगलुरुले १९ दशलमव ५ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो। बैंगलुरुका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाए भने विराट कोहलीले ४३ रन बनाएर आउट भए।
सनराइजर्सका बलर प्याट कमिन्सले ३ विकेट लिए भने इशान मालिंगाले २ विकेट झारे। यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै २३१ रन बनाएको थियो।
सनराइजर्सका लागि इशान किशनले सर्बाधिक ९४ रन बनाएका थिए भने अभिषेक शर्माले ३४ रन बनाएका थिए। प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको १३ खेलमा ११ अंक भएको छ भने आठौ स्थानमा रहेको छ।
हारपछि रोयल च्यालेन्जर्स बैंगलुरु भने तेस्रो स्थानमा झरेको छ। बैंगलुरुको १३ खेलमा १७ अंक रहेको छ।