Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

काठमाण्डौकाे तीनकुने घटनामा एक सय आठ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 24, 2025
in राजनीति, समाज, सम–सामयिक
0
काठमाण्डौकाे तीनकुने घटनामा एक सय आठ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

 जेठ १० –  काठमाण्डौको तीनकुनेमा गएको चैत १५ गते राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

एक सय आठ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला प्रहरी परिसर काठमाण्डौले हिजो जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर भोलिसम्म अभियोगपत्र दायर गर्ने तयारी गरेको छ ।

प्रहरीले आपराधिक उपद्रव, सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योगलगायतमा मुद्दा प्रस्ताव गरेको छ ।

प्रहरीले यस घटनामा आपराधिक उपद्रव र सङ्गठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसूरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो ।

त्यसमध्ये आपराधिक उपद्रव, सङ्गठित अपराधमा अनुसन्धानमा रहेका ३४ जना र राज्यविरुद्धको कसूरमा रहेका तीन जना हाजिरी जमानीमा छुटेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवम् सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा राखिएको छ भने दुर्गा प्रसाईं हिरासतमै छन् ।

Previous Post

सनराइजर्ससँग ४२ रनले पराजित भयो आरसीबी

Next Post

हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरुद्ध

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरुद्ध

हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l