Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रमको निरंतरता ।

राष्ट्र आवाज by राष्ट्र आवाज
April 11, 2026
in समाचार
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह चैत्र २८ वीरगन्ज । वीरगन्ज समाज सेवा द्वारा वीरगन्ज को नारायणी अस्पतालमा लगातार २४ औं महिनाको ४ थो एवं अन्तिम साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ। पच्छिल्लो २ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरु, कुरुवाहरु, असहायहरुको साथै रिक्सा,ईरिक्सा चालकहरु ,यात्री बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध एवं गुणस्तरीय पोषिलो भोजन खुवाइएको हो ।
सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले ” सेवा नै धर्म हो ” को मुलमन्त्र लाइ आत्मसात गरि विगत २ वर्ष देखी प्रत्येक शनिबार करिब ४ सय ५० देखि ५ सय जनाले यस सेवा दिदै आएको र दिन दुखी असहायको पेट भर्न र त्यसपछिको उनिहरुको अनुहारमा आएको हासी खुशी देखेर आफुहरु पनि खुशी हुने गर्व लाग्ने गरेको बताउदै तपाइहरु पनि जहाँ हुनुहुन्छ त्यही आपसी हातेमालो गरि दिनदुखी असहायको सेवा सहयोग गर्नुस भनी आग्रह गर्दै हाम्रो अभियानमा सहयोग गर्ने सम्पुर्ण दाता,शुभेच्छुक ,सल्लाहकार ,पदाधिकारी सदस्यजन लगायत सहयोगी हातहरुलाइ हार्दिक आभार ब्यक्त गरेका थिए ।
सो अवसरमा बरनवाल सेवा समिती पर्साका उपाअध्यक्ष समाजसेवी राजेश बरनवालले यो नारायणी अस्पताल जस्तो अधिकान्श बिपन्न असहायहरु को उपचार स्थल भएको र यहा घर जस्तै खाना निशुल्क रुपमा निरन्तर भोजन खुवाएर सेवा गर्दा असाध्यै खुशी एवं गर्व लाग्ने गरेको बताउदै सम्पुर्णले यो सुअभियानमा हातेमालो गरि मानवता बलियो बनाउन आग्रह गरे ।
आजको भोजनमा समाजका सेवकहरुले शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल,आलु कोभिको मिक्स तरकारी , हरियो भुटेको खुर्सानीको अचार ,हरियो काक्रो लगायतको भोजन वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए ।
बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सप्पन्न निशुल्क भोजन कार्यक्रममा बरनवाल सेवा समितिका उपाध्यक्ष समाजसेवी राजेश बरनवाल,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , समाजका बिरेन्द्र आर्य,निशान्त लाठ,देवव्रत आर्य,मुकेश अग्रवाल, अरमान अलि ,बजरङ अग्रवाल,सुरज श्रीवास्तव लगायतले सेवा प्रदान गरेका थिए ।

Previous Post

Next Post

नगवा दुर्गा पूजा समितिद्वारा हनुमान आराधना तथा महाआरती आयोजना

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नगवा दुर्गा पूजा समितिद्वारा हनुमान आराधना तथा महाआरती आयोजना

नगवा दुर्गा पूजा समितिद्वारा हनुमान आराधना तथा महाआरती आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l