Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

राष्ट्र आवाज by राष्ट्र आवाज
April 10, 2026
in समाचार
0
3
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

चैत्र २७ वीरगन्ज । नेपाली नववर्ष २०८३ को पुर्वसन्ध्यामा शुभकामना आदानप्रदान सहित वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले SOUL SISTER बिरगंजको सहयोगमा नववर्षको अवसरमा शुक्रवार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब १ हजार ५० थान कपड़ा वितरण गर्दै शुभकामना आदानप्रदान गरिएको उपाध्यक्ष प्रकाश थारुले बताउनु भयो ।
सो निशुल्क कपडा वितरण कार्यक्रम हुँदै गर्दा बिरगंज १६ गणेशटोल स्थित सामाजिक संस्था SOUL SISTER का अध्यक्ष रिन्कु कायस्थको नेतृत्वमा केही नया र पुराना कपडाको साथै नगद ४ हजार १ सय सहयोग निवर्तमान अध्यक्ष रम्भा मिश्रालाई हस्तान्तरण गरेर कपडा वितरण कार्यमा सघाएका थिए ।
सो अवसरमा प्रमुख अतिथी समाजसेवी कुर्मिले बैंकले कोहि नाङ्गो नरहोस भनी सधै दिनदुखी असहायको सेवा सहयोग गर्दै आएको बताउदै मानविय सेवाको कार्यहरुमा हामी सबैले आफ्नो आम्दानिको ५ प्रतिशत रकम दिन दुखी असहायको सेवा सहयोगमा दान सहयोग गर्नु पर्दछ जस्ले गर्दा मानवता बलियो हुन्छ किनभने मानवको सेवा नै सर्वोत्तम धर्म हो बताउदै नववर्षले आपसी एकता भाइचारा बलियो बनाओस र कोहि पनि बिना कपडालत्ता,भोजन र घर बिहिन नहोस भनी शुभकामना दिएका थिए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको बिशिस्ट अतिथिद्वय सल्लाहकारद्वय अधिवक्ता पन्नालाल गुप्ता र समाजसेवी वरुण चौरसिया, अतिथिहरु SOUL SISTER बिरगंजका अध्यक्ष रिन्कु कायस्थ ,उपाध्यक्ष सन्तोषी बरनवाल,सचिव तनुजा मुखिया,कोषाध्यक्ष रुपा शरण , सदस्यहरू परिधी बरनवाल,स्नेहा चौधरी , सुशमा बरनवाल,समाजसेवी हुकुम सिंह राजपुत,मानवसेवा आश्रमका देवेश मानवसेवा ,Eyes Nepal का कोषाध्यक्ष रुपशिला जैसवाल ,युवा अभियन्ता मनोज साह ,घण्टाघर प्रहरी पोष्टका प्रमुख राम बिनोद झा , बैंकका सदस्यहरु हरेन्द्र पटेल ( बाबा) ,संजय मण्डल ,नवराज भट्टराई , केदार गुप्ता, राज सराफ,सुरज श्रीवास्तव, राहुल सिंह राजपुत, कृषभ उपाध्याय, कर्मचारी मिथलेश श्रीवास्तव लगायत पत्रकारहरुको सहभागिता रहेकों थियो ।
सो अवसरमा बिशिस्ट अतिथी गुप्ताले नया लुगा किन्ने सामर्थ्य सबैको नरहेकोले नया र नया जस्तै कपडाहरु उपलब्ध गराइ दिन दुखी असहाय बिपन्नको अनुहारमा खुशी ल्याउने हामिसबैको सामाजिक उत्तरदायित्वमा पर्ने हुनाले हामि सबैले बिरगंज कपडा बैंकको सुअभियानमा हातेमालो गरि सेवा सहयोग गरौ मानवता बलियो बनाऔ भन्दै नववर्षको सम्पुर्णलाई बधाई शुभकामना दिएका थिए ।
सो अवसरमा SOUL SISTER का अध्यक्ष कायस्थले बिरगंज कपडा बैंकले कोहि नाङ्गो नरहोस भनी नया पुराना कपडा उपलब्ध गराइ दिनदुखी असहायको सेवा सहयोग गर्दै आएको देखेर आफुहरुलाइ निकै खुशी लागेको बताउदै धेरै समय देखि हामिहरुले बैंकको सुकार्य अभियानमा केही सहयोग गरि हातेमालो गर्न चाहेको र त्यो दिन आज जुरेर यहाँ आएर प्रत्यक्ष रुपमा कपडा वितरण गर्न पाउँदा निकै गर्व लागेको र आउदो समयमा थप हातेमालो गरि सेवा सहयोगमा साथ रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सो अवसरमा अध्यक्ष सिंहले मानविय सेवामा कार्यरत बैकले बिगत ७ वर्ष देखि दैनिक रुपमा आफ्नो कार्यालय बिरगंज ८ बाट र प्रत्येक महिना र बिशेष चाडपर्वको बेला घण्टाघरमा निशुल्क कपडा वितरण को साथै आगलागी हुरि बतास बाढी जस्तो बिपत्तिको समयमा सेवा गर्दै आएको र आजको कार्यक्रम गर्न लागेको थाहा पाएर SOUL SISTER संस्थाले कार्यक्रम मै आएर कपडा र नगद सहयोग गरि हाम्रो अभियानमा सहयोग गरि हौसला बढाउनु भएकोमा आफु र सम्पुर्ण टिम नै निकै हर्षित भएको र यसरी नै सबैको साझा प्रयासले नै मानवता बलियो हुने बत्ताउदै सहयोग गर्ने SOUL SISTER परिवार एवं सम्पुर्ण दाता, सल्लाहकार , सुभेच्छुक, सन्चारकर्मी, पदाधिकारी सदस्यहरु प्रति हार्दिक आभार प्रकट गर्दै नववर्ष २०८३ ले देश विदेशमा शान्ती समृद्धि ल्याउदै आपसी एकता भाइचारा बलियो बनाओस भन्दै सम्पुर्णलाइ बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Previous Post

भ्रष्टाचार अन्त्य र चुस्त सेवा प्रवाह नै सरकारको प्राथमिकता : राष्ट्रपति

Next Post

वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रमको निरंतरता ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post

वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रमको निरंतरता ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l