Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगलागी : जलेर मृत्यु भएका तीन जनाको सनाखत

जलेश्वर–बर्दिबास सडकखण्डमा भएको दुर्घटनामा तीन गम्भीर घाइते, अवस्था चिन्ताजनक

राष्ट्र आवाज by राष्ट्र आवाज
April 7, 2026
in समाज, सूचना/प्रविधि
0
महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगलागी : जलेर मृत्यु भएका तीन जनाको सनाखत
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत महोत्तरीको बथनाहामा आज बिहान भएको भीषण सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुने तीनै जना करिब २० वर्ष उमेरका विद्यार्थी रहेका छन् ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ का शुभाष दास, सोही स्थानका रवि दास र एकडारा गाउँपालिका–३ का अभिषेक मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टका अनुसार घटनास्थलमा जलेका शवहरू आफन्तले पहिचान गरेपछि मात्र सनाखत गरिएको हो ।

दुर्घटनामा जलेश्वर नगरपालिका–६ का रोहित दास, अभय कापर तथा एकडारा गाउँपालिका–५ बथनाहाका अजय कापर गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags: #महोत्तरी #सडकदुर्घटना #बथनाहा #जलेश्वरबर्दिबाससडक #मोटरसाइकलदुर्घटना #आगलागी #विद्यार्थी #नेपालसमाचार
Previous Post

परवानीपुर गाउँपालिकामा सरसफाइ र लामखुट्टे नियन्त्रणको माग गर्दै रास्वपाको ध्यानाकर्षणपत्र

Next Post

राष्ट्रियसभाका चार समितिका सभापतिले शपथ लिए

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
राष्ट्रियसभाका चार समितिका सभापतिले शपथ लिए

राष्ट्रियसभाका चार समितिका सभापतिले शपथ लिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l