Tuesday, June 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

परवानीपुर गाउँपालिकामा सरसफाइ र लामखुट्टे नियन्त्रणको माग गर्दै रास्वपाको ध्यानाकर्षणपत्र

फोहोर व्यवस्थापनमा लापरवाही र बढ्दो लामखुट्टे प्रकोपले स्वास्थ्य जोखिम बढेको आरोप

राष्ट्र आवाज by राष्ट्र आवाज
April 7, 2026
in समाज
0
परवानीपुर गाउँपालिकामा सरसफाइ र लामखुट्टे नियन्त्रणको माग गर्दै रास्वपाको ध्यानाकर्षणपत्र
2
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

बाराको परवानीपुर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताकार्यकर्ताहरूले सरसफाइ व्यवस्थापन तथा बढ्दो लामखुट्टे प्रकोप नियन्त्रणको माग गर्दै गाउँपालिका कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

रास्वपाका गाउँपालिका सभापति सन्तोषकुमार यादवको नेतृत्वमा मंगलबार गाउँपालिका कार्यालय पुगेका युवा नेताकार्यकर्ताहरूले प्रमुख प्रशासकीय अधिकृतसमक्ष चार बुँदे ध्यानाकर्षणपत्र पेश गरेका हुन् ।

ध्यानाकर्षणपत्रमा गाउँपालिकाका विभिन्न वडा तथा टोलहरूमा सडकमै फोहोर थुप्रिने, नालाहरू समयमै सफा नहुने जस्ता समस्याले वातावरण अस्वस्थ बन्दै गएको उल्लेख गरिएको छ । साथै, लामखुट्टेको अत्यधिक वृद्धि भई सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न भइरहेको भन्दै तत्काल समाधानको माग गरिएको छ ।

यादवका अनुसार प्रत्येक वडामा नियमित फोहोर संकलन तथा व्यवस्थापनको व्यवस्था गर्नुपर्ने, फोहोरले भरिएका नालाहरू तत्काल सफा गर्नुपर्ने, लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कने व्यवस्था मिलाउनुपर्ने र सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

स्थानीय तहले समयमै उचित कदम नचाले जनस्वास्थ्यमा थप समस्या निम्तिन सक्ने चेतावनी समेत दिइएको छ ।

Tags: #बारा #परवानीपुर #रास्वपा #सरसफाइ #लामखुट्टेप्रकोप #स्वास्थ्यजोखिम #स्थानीयसरकार #ध्यानाकर्षणपत्र
Previous Post

राष्ट्रियसभाकी उपाध्यक्ष लीला भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ

Next Post

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगलागी : जलेर मृत्यु भएका तीन जनाको सनाखत

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगलागी : जलेर मृत्यु भएका तीन जनाको सनाखत

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगलागी : जलेर मृत्यु भएका तीन जनाको सनाखत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l