Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मधेश प्रदेशमा उद्योग वाणिज्य महासंघको सातौं प्रदेश सभा सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
April 7, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
मधेश प्रदेशमा उद्योग वाणिज्य महासंघको सातौं प्रदेश सभा सम्पन्न
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशको सातौं प्रदेश सभा तथा निर्वाचन २०८२ को उद्घाटन समारोह जनकपुरमा भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन महासंघ मधेश प्रदेशका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य अशोक टेमानी र मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्ण यादवलगायतले संयुक्त रूपमा गमलामा पानी हालेर गरेका थिए।

उक्त कार्यक्रम महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री कृष्ण यादवको आतिथ्य रहेको थियो।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, मधेश प्रदेश सशस्त्र प्रहरीका नायब महानिरीक्षक कृष्ण ढकाल लगायत विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अशोक टेमानीले मधेश प्रदेशको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेशलाई आर्थिक रूपमा सबल बनाउने दिशामा महासंघ प्रतिबद्ध रहेको बताए। उनले नयाँ–नयाँ आर्थिक सम्भावनाहरूको पहिचान, लगानीमैत्री वातावरण निर्माण तथा प्रदेशका नीति–नियममा सहजीकरण गर्दै निजी क्षेत्रलाई सशक्त बनाउने लक्ष्य रहेको स्पष्ट पारे।

उनले भने, “मधेश प्रदेशलाई विकसित र समृद्ध बनाउने हो भने निजी क्षेत्रलाई उकास्नु आवश्यक छ। त्यसका लागि हामीले नयाँ आर्थिक मेरुदण्डहरूको खोजी गर्दै लगानीको वातावरण सुधार र नीतिगत सहजीकरणमा जोड दिनुपर्छ।”

कार्यक्रमका अवसरमा वर्षभर उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो। साथै ‘समृद्ध मधेश’ नामक पुस्तकको विमोचन पनि गरिएको थियो, जसमा प्रदेशको विकास, लगानी सम्भावना र नीतिगत मार्गचित्र समेटिएको छ।कार्यक्रमको सञ्चालन संजय साहले गरेका थिए।

Previous Post

महाेत्तरीमा माेटरसाइकल दुर्घटना : ज्यान गुमाउने र घाइतेकाे परिचय खुल्याे

Next Post

गण्डक नहरको तिलाबे खोलामा निर्माणाधीन बेलीब्रिज सुस्त गतिमा, तोकिएको समयमै सम्पन्न हुनेमा अन्योल

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
गण्डक नहरको तिलाबे खोलामा निर्माणाधीन बेलीब्रिज सुस्त गतिमा, तोकिएको समयमै सम्पन्न हुनेमा अन्योल

गण्डक नहरको तिलाबे खोलामा निर्माणाधीन बेलीब्रिज सुस्त गतिमा, तोकिएको समयमै सम्पन्न हुनेमा अन्योल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l