Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

महाेत्तरीमा माेटरसाइकल दुर्घटना : ज्यान गुमाउने र घाइतेकाे परिचय खुल्याे

राष्ट्र आवाज by राष्ट्र आवाज
April 7, 2026
in समाचार, समाज, सम–सामयिक
0
महाेत्तरीमा माेटरसाइकल दुर्घटना : ज्यान गुमाउने र घाइतेकाे परिचय खुल्याे
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी — महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत बथनाहा गाउँमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा जलेश्वर नगरपालिका–६का २० वर्षीय शुभाष दास र २० वर्षीय रवि दास तथा एकडारा गाउँपालिका–३का २० वर्षीय अभिषेक मण्डल रहेका प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा जलेश्वर–६ कै १९ वर्षीय रोहित दास, १९ वर्षीय अभय कापर तथा एकडारा–५ बथनाहाका २० वर्षीय अजय कापर रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।

आज बिहान विपरीत दिशाबाट आइरहेका मोटरसाइकलहरू एकडारा गाउँपालिका–५ बथनाहा क्षेत्रमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परेका सबै विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर फर्किरहेका थिए।

Previous Post

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध नेपाल प्रेस युनियनको देशव्यापी अन्तरक्रिया अभियान

Next Post

मधेश प्रदेशमा उद्योग वाणिज्य महासंघको सातौं प्रदेश सभा सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मधेश प्रदेशमा उद्योग वाणिज्य महासंघको सातौं प्रदेश सभा सम्पन्न

मधेश प्रदेशमा उद्योग वाणिज्य महासंघको सातौं प्रदेश सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l