Sunday, April 19, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा तीव्र वृद्धि

राष्ट्र आवाज by राष्ट्र आवाज
April 5, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा तीव्र वृद्धि
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो सात महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ।

उक्त अवधिमा रु १ अर्ब ४८ करोड ६४ लाख मूल्यका ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनबाट रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भने रु ४३ करोड १ लाख मूल्यका १६५ वटा मात्र विद्युतीय जिप, कार र भ्यान आयात भएका थिए, जसबाट रु ३५ करोड ५० लाख राजस्व उठेको थियो।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार अघिल्लो वर्षको तुलनामा विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको हो।

त्यस्तै, चालु आवको सात महिनामा रु ८० करोड ५७ लाख मूल्यका १,१२८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्। तर, गत आवको सोही अवधिमा भने रु ४४ करोड ३ लाख मूल्यका ३,३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए, जसले संख्या घटे पनि मूल्यमा वृद्धि देखाउँछ।

इन्धनबाट चल्ने सवारीसाधनतर्फ भने आयातमा गिरावट आएको छ। चालु आवमा रु १ अर्ब १६ करोड १३ लाख मूल्यका ६०९ वटा जिप, कार र भ्यान आयात हुँदा रु २ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ। जबकि गत आवमा सोही अवधिमा रु १ अर्ब ५० करोड मूल्यका ७४८ वटा सवारीसाधन आयात भई रु ३ अर्ब ७३ करोड राजस्व उठेको थियो।

समग्रमा, चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्। गत आवको सोही अवधिमा रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो।

विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणले भविष्यमा यसको आयात अझै विस्तार हुने संकेत देखिएको छ।

Previous Post

मन्त्रिपरिषद् बैठक : सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा

Next Post

महान्यायाधिवक्तामा कँडेल सिफारिस

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
महान्यायाधिवक्तामा कँडेल सिफारिस

महान्यायाधिवक्तामा कँडेल सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l