Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्ज स्कुल अफ ल मा “समुदायमा सरकारी वकिल” संवाद कार्यक्रम सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
March 25, 2026
in समाचार, समाज, सम–सामयिक
0
वीरगञ्ज स्कुल अफ ल मा “समुदायमा सरकारी वकिल” संवाद कार्यक्रम सम्पन्न
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला सरकारी वकिल कार्यालय, पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका–१३ स्थित वीरगञ्ज स्कुल अफ ल मा “समुदायमा सरकारी वकिल” संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख अधिवक्ता चन्द्रिका पटेल रहनुभएको थियो भने अतिथिको रूपमा उपप्राध्यापक सन्तोष यादवको उपस्थिति रहेको थियो। साथै, त्यहाँ अध्ययनरत BALLB का करिब ४० जना विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कानुनी विषयमा जिज्ञासा राख्दै अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए। अध्यक्ष गुप्ताले सरकारी वकिलको काम, कर्तव्य तथा जिम्मेवारीबारे विस्तृत जानकारी दिँदै न्याय प्रणालीमा यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा लागू औषध सम्बन्धी अपराध, बलात्कार, जबर्जस्ती करणी, बाल विवाह लगायतका मुद्दाहरूबारे जानकारी दिइनुका साथै सहभागीहरूसँग खुला संवाद तथा अन्तरक्रिया गरिएको थियो। यस्ता कार्यक्रमले विशेषगरी विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको सञ्चालन ना.सु. कृष्ण बिहारी राय यादवले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक जिल्ला न्यायाधिवक्ता अनन्तराज न्यौपानेले राख्नुभएको थियो।

Previous Post

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले शपथ ग्रहण, भोलि नयाँ सांसदलाई शपथ गराउने

Next Post

माईस्थान संचालक समिती द्वारा राउन्ड टेबल नेपालको सहयोगमा रक्तदान कार्यक्रम आयोजना ,६५ जनाले गरे रक्तदान ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
माईस्थान संचालक समिती द्वारा राउन्ड टेबल नेपालको सहयोगमा रक्तदान कार्यक्रम आयोजना ,६५ जनाले गरे रक्तदान ।

माईस्थान संचालक समिती द्वारा राउन्ड टेबल नेपालको सहयोगमा रक्तदान कार्यक्रम आयोजना ,६५ जनाले गरे रक्तदान ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l