Monday, April 13, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

माईस्थान संचालक समिती द्वारा राउन्ड टेबल नेपालको सहयोगमा रक्तदान कार्यक्रम आयोजना ,६५ जनाले गरे रक्तदान ।

राष्ट्र आवाज by राष्ट्र आवाज
March 25, 2026
in समाचार
0
माईस्थान संचालक समिती द्वारा राउन्ड टेबल नेपालको सहयोगमा रक्तदान कार्यक्रम आयोजना ,६५ जनाले गरे रक्तदान ।
2
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह ११ चैत्र बिरगंज । माइस्थान सन्चालक समिती बिरगंजले रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । विभिन्न धार्मिक सामाजिक कार्यहरु मार्फत देश समाजमा श्री गहवामाइको महिमा फैलाउदै आएको माइस्थान मन्दिर सन्चालक समितीले प्रत्येक वर्ष आयोजना गर्ने श्री गहवामाइ निशान सहितको डोलि यात्रा-२०८२ को पुर्वसन्ध्यामा बिरगंज फ्रेन्डस राउन्ड टेबल-८ को सहयोगमा माइस्थान पार्कमा बुधबार आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ८ महिला सहित ६५ जनाले रक्तदान गरेका हुन ।
सो रक्तदान कार्यक्रममा बबिता देवि थरुनी,ज्योती प्रधान श्रेष्ठ ,रन्जु गिरि,स्मृती कार्की,उषा उप्रेती,सुनिता कार्की,बन्दना शर्मा,स्वीकृति प्याकुरेल ,अनुभव प्याकुरेल,नवराज भट्टराई ,मोहित राजपाल,गणेश साह हजाम,सुरेश गोयल,राम प्रसाद श्रेष्ठ ,गौरीशंकर गुप्ता लगायत रक्तदाताहरुले रक्तदान गरि मानवता बलियो बनाएका थिए ।
सो रक्तदान कार्यक्रमका अध्यक्ष माइस्थान मन्दिर संचालक समितीका अध्यक्ष नरेन्द्र साहले बिरगंजका अराध्य देवि श्री गहवामाइको बिगत२ वर्ष झै यश वर्ष पनि श्री गहवामाइ को निशान सहितको डोलि यात्रा २०८२ को पुर्वसन्ध्यमा विशुद्ध पुण्य एवं मानवीय ज्यान जोगाउन रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको बताउदै रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन तर लिने लाई त कति फाईदा कति फाईदा मात्र हुने हैन की जीवन नै बाच्ने भएकोले हामी सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरि कोहि कसैको जिवन जोगाएर मानवता बलियो बनाउन आग्रह गरेका थिए । साथै भोलि चैत्र १२ गते बिहिबार श्री गहवामाइको निशान सहितको तेस्रो डोलि यात्रामा सभ्य एवं भव्य रुपले सहभागी भयेर गहवामाइको आशिर्वाद प्राप्त गर्नको साथै यात्रा सफल बनाइदिन हुन सम्पुर्ण बिरगंज एवं श्री गहवामाइको भक्तजनमा हार्दिक आग्रह गर्दै रक्तदान कार्यक्रममा रक्तदान गर्नै आदरणीय रक्तदाता प्रती आभार ब्यक्त गरे भने सहयोगी राउन्ड टेबल नेपाल परिवार एवं सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका थिए ।
सो हि अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष वरिष्ठ समाजसेवी पर्यावरणविद सरदार जसपाल सिंहले वर्तमान समयमा रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले बिरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचाररत बिरामिहरुको उपचारमा निकै समस्या आइरहेको खबर प्राप्त भएको विषम समयमा रक्तदान कार्यक्रमको आयोजना गरि मानवता बलियो बनाएकोमा माइस्थान मन्दिर समिती र राउन्ड टेबल नेपाल बिरगंज परिवारलाइ मुरि मुरि धन्यवाद दिदै आआफ्नो सरिरको अमुल्य अन्श रगत दान गरि कसैको जीवन जोगाउने रक्तदाताहरु नै देश समाजका असल नायकहरु हुन उहाहरुको जति प्रसंशा गरे पनि कम हुने भन्दै आभार अभिनन्दन प्रकट गर्दै भोलिको डोलि यात्रामा बिरगंज लगायत आसपासका सम्पुर्ण अग्रज, महिला ,युवा,बालबालिकाहरु लाई सालिन सभ्य रुपमा सहभागी भई भव्य रुपले मनाउन आग्रह गरे ।
माइस्थान मन्दिर पार्कमा सम्पन्न सो रक्तदान कार्यक्रम माइस्थान मन्दिर संचालक समितिका अध्यक्ष नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिरगंज फ्रेन्डस राउन्ड टेबल-८का अध्यक्ष दिपक कुमार अग्रवाल , बिरगंज ८ का वडाअध्यक्ष रितेश गुओता,६ का पुर्व वडाअध्यक्ष ध्रुव नेपाल, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति राजेशवर चौधरी , प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंह ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , अभिभावक संघ पर्साका अध्यक्ष संदिप साह, समाजसेवीहरु शिक्षाविद मार्टिन मोक्तान, राजेन्द्र भट्टराई,मनिता माया गुप्ता कानु, पत्रकारहरु युवराज खडका,सन्तोष पौडेल,अर्जुन गुप्ता,आकाश पटेलअर्जुन चौधरी ,पवन साह , आयोजक समितिका पदाधिकारी सदस्यहरु लगायत स्थानिय अग्रज ,महिला, युवाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा स्वयंसेवकको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए ।

Previous Post

वीरगञ्ज स्कुल अफ ल मा “समुदायमा सरकारी वकिल” संवाद कार्यक्रम सम्पन्न

Next Post

चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l