Monday, April 13, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रोयल एकेडेमी, पर्साद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब ५ सयले लिए सेवा

राष्ट्र आवाज by राष्ट्र आवाज
March 21, 2026
in समाचार
0
रोयल एकेडेमी, पर्साद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब ५ सयले लिए सेवा
2
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज पर्सा । रोयल एकेडेमी, पर्साले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ। गत वर्षझैँ निरन्तरता दिँदै सञ्चालन गरिएको उक्त शिविर वीरगञ्ज महानगरपालिका–१५ स्थित विद्यालय परिसरमै सम्पन्न भएको हो।
एकेडेमीकी प्रधानाध्यापिका विजया ओझैयाका अनुसार विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गरी शिविरको आयोजना गरिएको हो। स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयका भाइस प्रिन्सिपल सुमन श्रेष्ठका अनुसार शिविरमा विद्यार्थी र अभिभावक गरी करिब ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि विभिन्न रोगको परामर्श सेवा प्रदान गरिएको उनले बताए।
शिविरमा विभिन्न स्वास्थ्य संस्थाका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। आशाराम अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा। अशोक दासले बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए भने सामुदायिक आँखा अस्पतालका संयोजक महेश सिंह धामीले आँखा सम्बन्धी परीक्षण तथा परामर्श दिएका थिए। त्यस्तै, रुंगटा वेलफेयरको तर्फबाट नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा। शलेष्मा रिजालसहितको टोलीले सम्बन्धित रोगहरूको परीक्षण र उपचारसम्बन्धी सुझाव प्रदान गरेको थियो।
शिविरमा स्वास्थ्य परीक्षणका साथै आवश्यक परामर्श, तथा स्वास्थ्य सचेतना सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमले विशेषगरी बालबालिकाको स्वास्थ्य अवस्थाबारे अभिभावकलाई सचेत गराउने तथा समयमै रोग पहिचान गरी उपचारको अवसर प्रदान गर्ने विश्वास लिइएको विद्यालय प्रशासनले जनाएको छ।
रोयल एकेडेमीले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्र
महरूलाई निरन्तरता दिने एकेडेमीकी कार्यकारी निर्देषक सबनम श्रेष्ठले प्रतिबद्धता जनाउनु भएको छ।

Previous Post

राम नवमीको पावन अवसरमा गहवा माई मन्दिरमा यस वर्ष पनि भव्य महाआरती हुने

Next Post

मध्यपूर्व युद्धका असर विश्वव्यापी: तेल मूल्य वृद्धि र पर्यटन संकट

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मध्यपूर्व युद्धका असर विश्वव्यापी: तेल मूल्य वृद्धि र पर्यटन संकट

मध्यपूर्व युद्धका असर विश्वव्यापी: तेल मूल्य वृद्धि र पर्यटन संकट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l