Thursday, April 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

राम नवमीको पावन अवसरमा गहवा माई मन्दिरमा यस वर्ष पनि भव्य महाआरती हुने

राष्ट्र आवाज by राष्ट्र आवाज
March 21, 2026
in समाचार, समाज, सम–सामयिक
0
राम नवमीको पावन अवसरमा गहवा माई मन्दिरमा यस वर्ष पनि भव्य महाआरती हुने
2
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जको ऐतिहासिक एवं धार्मिक धरोहर गहवा माई मन्दिर परिसरमा प्रति वर्ष हुँदै आएको भव्य महाआरतीलाई यो वर्ष पनि विशेष उत्साहका साथ निरन्तरता दिइने भएको छ। मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जन्मोत्सव ‘राम नवमी’ को महान अवसर पारेर आयोजना गरिने यस विशेष अनुष्ठानलाई अझ भव्य बनाउने निर्णय गरिएको हो।

​गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्री श्याम कुमार पोखरेलको अध्यक्षतामा शनिबार बसेको बैठकले आगामी चैत्र १३ गते शुक्रबार सायं ६ बजेदेखि मन्दिरको अगाडि क्षेत्रमा भव्य महाआरती सञ्चालन गर्ने निर्णय गरेको छ। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि श्रद्धापूर्वक सम्पन्न गरिने यस पुण्य कार्यलाई व्यवस्थित गर्न कार्यसमिति सदस्य श्री मुकेश कुमार साहको संयोजकत्वमा एक विशेष उप-समिति समेत गठन गरिएको छ।

​उक्त महत्वपूर्ण बैठकमा कार्यसमितिका अध्यक्ष श्री श्याम कुमार पोखरेल, उपाध्यक्ष श्री देवानन्द प्रसाद कलवार, सचिव श्री लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), कोषाध्यक्ष श्री रविशंकर अग्रवाल तथा कार्यसमिति सदस्यहरू श्री दिना प्रसाद गुप्ता, श्री सिताराम प्रसाद उपाध्याय, श्री मुकेश प्रसाद साह, श्री अनुप कुमार अग्रवाल, श्री मनोज प्रसाद रोनियार, श्री श्याम प्रसाद गुप्ता र श्री दिपेन्द्र प्रसाद गुप्ताको पूर्ण सहभागिता रहेको थियो।

​त्यसैगरी बैठकमा आमन्त्रित व्यक्तित्वहरू डा. पुरुषोत्तम दुबे, बसन्त कुमार गुप्ता, विरेन्द्र प्रसाद गुप्ता, अजय कुमार कर्ण,पियुष कुमार अग्रवाल, चन्द्रगुप्त कुमार साह तेली,विजय कुमार सर्राफ,ललित कुमार अग्रवाल, कन्हैया सर्राफ,ओशन कुमार गुप्ता,पवन कुमार वर्णवाल, शिव कुमार गुप्ता, राहुल कुमार रौनियार, बिभा साह, सिमा दुबे,पूजा वर्णवाल, रेणु गुप्ता र अनामिका गुप्ता लगायतको उपस्थितिमा राम नवमीका विभिन्न आध्यात्मिक पक्ष र मन्दिरको वृहत्तर विकासका बारेमा समेत रचनात्मक छलफल भएको छ।

​समितिका सचिव लक्ष्मी नारायण गुप्ताले राम नवमीको यस पावन अवसरमा प्रति वर्ष झैँ आयोजना हुने महाआरतीमा सहभागी भई पुण्य कमाउन सम्पूर्ण वीरगन्जवासी तथा श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ।

Previous Post

ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्यको दाबी गरे, स्थल सेना तैनाथ सम्भावना पनि छलफलमा

Next Post

रोयल एकेडेमी, पर्साद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब ५ सयले लिए सेवा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रोयल एकेडेमी, पर्साद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब ५ सयले लिए सेवा

रोयल एकेडेमी, पर्साद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब ५ सयले लिए सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l