Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

राष्ट्र आवाज by राष्ट्र आवाज
March 18, 2026
in विश्व, समाचार
0
भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -भारतको मध्य प्रदेश राज्यको इन्दौर मा बुधबार बिहान भएको भीषण आगलागीमा परी सात जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

इन्दौरको बंगाली चौराहानजिकै रहेको एक कोलोनीमा बिहान करिब ४ बजे घटना भएको हो। त्यसबेला अधिकांश स्थानीयवासी आफ्ना घरमा सुतिरहेका थिए, जसका कारण ठूलो मानवीय क्षति भएको बताइएको छ।

प्रहरीका अनुसार घरबाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ। इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहले चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो सल्किएको र केही मिनेटमै आगो घरभित्र फैलिएको जानकारी दिएका छन्।

घरभित्र ठूलो मात्रामा ग्यास सिलिन्डर राखिएको थियो। आगलागीपछि करिब १५ वटा ग्यास सिलिन्डर विस्फोट भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार तीमध्ये कम्तीमा चार सिलिन्डर लगातार विस्फोट भएका थिए, जसले आगो अझ फैलिन मद्दत गरेको थियो।

घटनापछि दमकल र सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका छन् भने घाइतेहरूको उपचार नजिकैका अस्पतालमा भइरहेको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

Previous Post

विश्व बजारमा तेलको मूल्य घट्यो, आपूर्ति वृद्धि र उच्च भण्डारण मुख्य कारण

Next Post

इरान–इजरायल तनाव चर्कियो: अली लारिजानीको मृत्युको बदला स्वरूप मिसाइल प्रहार, सेना प्रमुखले निर्णायक जवाफको चेतावनी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
इरान–इजरायल तनाव चर्कियो: अली लारिजानीको मृत्युको बदला स्वरूप मिसाइल प्रहार, सेना प्रमुखले निर्णायक जवाफको चेतावनी

इरान–इजरायल तनाव चर्कियो: अली लारिजानीको मृत्युको बदला स्वरूप मिसाइल प्रहार, सेना प्रमुखले निर्णायक जवाफको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l