Monday, April 13, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

इरान–इजरायल तनाव चर्कियो: अली लारिजानीको मृत्युको बदला स्वरूप मिसाइल प्रहार, सेना प्रमुखले निर्णायक जवाफको चेतावनी

राष्ट्र आवाज by राष्ट्र आवाज
March 18, 2026
in विश्व, समाचार
0
इरान–इजरायल तनाव चर्कियो: अली लारिजानीको मृत्युको बदला स्वरूप मिसाइल प्रहार, सेना प्रमुखले निर्णायक जवाफको चेतावनी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

इरान र इजरायलबीच तनाव थप चर्किएको छ। इरानका सेना प्रमुख अमीर हातामी ले इजरायली हवाई हमलामा मारिएका वरिष्ठ अधिकारी अली लारिजानी को हत्याको निर्णायक बदला लिने चेतावनी दिएका छन्।

मंगलबार मृत्यु भएको पुष्टि गरिएका लारिजानी सुप्रिम नेशनल सेक्युरिटी काउन्सिल का सचिव थिए। इरानले उनको मृत्युको पुष्टि गर्नु अघि इजरायलले हवाई आक्रमणमा उनी मारिएको दाबी गरेको थियो।

अमीर हातामीले एक कडा चेतावनी दिँदै ‘सही समय र स्थानमा अपराधी अमेरिका र जियोनिस्ट शासनलाई यस्तो जवाफ दिनेछौं, जसले अरूका लागि पनि पाठ बनोस्’ बताएका छन्। उनले यस आक्रमणलाई ‘अपराध’ भन्दै यसको गम्भीर परिणाम हुने संकेत गरेका छन्।

यसैबीच, इरानको रिभोल्युशनरी गार्ड्स (IRGC) ले लारिजानीको मृत्युको बदला स्वरूप मध्य इजरायलतर्फ मिसाइल प्रहार गरिसकेको दाबी गरेको छ। आईआरजीसी इरानको नियमित सेनाभन्दा अलग्गै शक्तिशाली सैन्य संगठन हो।

घटनापछि मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहेको छ।

Previous Post

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

Next Post

प्रभु बैंकका उच्च अधिकारी दिनेश डङ्गोल बैंकिङ्ग कसुरमा पक्राउ, वित्तीय अनुशासन उल्लंघनको आरोप

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रभु बैंकका उच्च अधिकारी दिनेश डङ्गोल बैंकिङ्ग कसुरमा पक्राउ, वित्तीय अनुशासन उल्लंघनको आरोप

प्रभु बैंकका उच्च अधिकारी दिनेश डङ्गोल बैंकिङ्ग कसुरमा पक्राउ, वित्तीय अनुशासन उल्लंघनको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l