Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

११ महिनामा देशभर ६ हजार ७९९ विपद्का घटना, ४६४ जनाको ज्यान गयो

राष्ट्र आवाज by राष्ट्र आवाज
March 15, 2026
in समाचार, समाज, सम–सामयिक
0
११ महिनामा देशभर ६ हजार ७९९ विपद्का घटना, ४६४ जनाको ज्यान गयो
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — गएको वैशाखदेखि फागुन मसान्तसम्म देशभर विभिन्न प्रकारका विपद्का ६ हजार ७९९ वटा घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ भने ३८ जना अझै बेपत्ता रहेका छन्। त्यस्तै ११ महिनामा १ हजार ८१४ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार विपद्का कारण देशभर १२ हजार ४ सय ५८ घरपरिवार प्रभावित भएका छन्।

तथ्याङ्कअनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। ११ महिनाको अवधिमा ३ हजार ३३९ वटा आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ।

यसैगरी बाढीका ३१८, पहिरोका ५९०, ठूलो वर्षाका ४२९, चट्याङका ३६७, सर्पदंशका ५९२ र डढेलोका २४६ वटा घटना भएका छन्।

त्यस्तै हावाहुरीका २९२, जनावर आक्रमणका ४८८ तथा लेक लागेका ११९ वटा घटना भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। प्राधिकरणले विपद् जोखिम न्यूनीकरणका लागि सचेतना, पूर्वतयारी तथा सुरक्षित व्यवहार अपनाउन सबैलाई आग्रह गरेको छ।

Previous Post

सुन र चाँदीको भाउ घट्यो, तोलामा हजारौँ रुपैयाँले गिरावट

Next Post

समानुपातिकतर्फको सूची तय गर्न तीन दलको बैठक बस्दै

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
समानुपातिकतर्फको सूची तय गर्न तीन दलको बैठक बस्दै

समानुपातिकतर्फको सूची तय गर्न तीन दलको बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l