Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

झापामा भीषण हावाहुरी–वर्षा, तीन जनाको मृत्यु

राष्ट्र आवाज by राष्ट्र आवाज
March 13, 2026
in समाचार, समाज, सम–सामयिक
0
झापामा भीषण हावाहुरी–वर्षा, तीन जनाको मृत्यु
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

झापा — गएराति झापामा आएको भीषण वर्षा र हावाहुरीका कारण तीन जनाको ज्यान गएको छ भने घर तथा व्यापारिक प्रतिष्ठानमा ठूलो नोक्सानी भएको छ।

हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा १७ वर्षीया आरती राजवंशी आफ्नो घरमा सुतिरहेको अवस्थामा नजिकैको आँपको रुख घरमाथि ढल्दा घटनास्थलमै मृत्यु भएकी छन्। प्रहरी नायव निरीक्षक रोशन खड्का र सशस्त्र प्रहरीको टोलीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

त्यसैगरी, हल्दीबारी–२ का ३७ वर्षीय सुनिलराम सोरेन खेतमा जमेको पानीमा डुबेर र अर्जुनधारा–४ रातेखालस्थित खोल्सा (पैनी) मा ५० वर्षीय कृष्ण कटुवाल डुबेर मृत्यु भएका छन्। कटुवाल छारे रोगका बिरामी रहेका थिए।

व्यापारिक क्षेत्र पनि सुरक्षित रहन सकेन। बिर्तामोड–५ स्थित कलश इन्टर प्रा.लि.मा पानी पसेर करिब ९ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। पसलमा रहेका लुब्रिकेन्ट र २५० थान ब्याट्रीहरू नष्ट भएका छन्। स्थानीय प्रहरी र नगरपालिकाको जेसीबी प्रयोग गरी पानीको निकास खोलिएको थियो।

सडक किनारको सोलार पोल ढल्दा बिर्तामोड–५ मा ४६ वर्षीय मोटरसाइकल चालक सूर्य श्रेष्ठ घाइते भएका छन्। उनको अहिले बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। गौरादह–९ मा पिपलको हाँगा भाँचिएर नितम भुजेलको घरमा सामान्य क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार विपद् लगत्तै सुरक्षाकर्मीको टोली परिचालन गरी जनधनको सुरक्षा र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

Previous Post

रास्वपाका धनुषा–१ उम्मेदवार किशोरी साहको खारेजीविरुद्ध रिट सुनुवाइ सकियो

Next Post

नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु, टेकुमा उपभोक्ताको भिड

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु, टेकुमा उपभोक्ताको भिड

नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु, टेकुमा उपभोक्ताको भिड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l