Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वर्षौंदेखि जीर्ण नारायणी रंगशालाको पुनर्निर्माण थालियो

राष्ट्र आवाज by राष्ट्र आवाज
March 13, 2026
in खेलकुद, समाचार, समाज, सम–सामयिक
0
वर्षौंदेखि जीर्ण नारायणी रंगशालाको पुनर्निर्माण थालियो
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – वीरगञ्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुर्ननिर्माणको काम सुरु भएको छ । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको रंगशालालाई पुनः सञ्चालनयोग्य बनाउन काम थालिएको हो।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुका अनुसार बिहीबारदेखि रंगशालाका जीर्ण प्याराफिट भत्काउने काम सुरु गरिएको छ। पहिलो चरणमा पुराना तथा जीर्ण संरचना हटाएर नयाँ प्याराफिट निर्माण गर्ने योजना रहेको उनले बताए।

संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नारायणी रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त बजेट निकासा भएसँगै पुनर्निर्माणको काम अघि बढाइएको समितिले जनाएको छ।

कानुका अनुसार तत्कालीन कानुनमन्त्री अजय चौरसियाको पहलमा तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बजेटमा उक्त रकम समावेश गराएका थिए। अहिले प्राप्त बजेटबाट प्रारम्भिक काम सुरु गरिएको उनले बताए।

तर रंगशालाको पूर्ण मर्मत तथा स्तरोन्नतिका लागि यो रकम पर्याप्त नहुने समितिको भनाइ छ। अहिले उपलब्ध बजेटबाट प्याराफिट निर्माण गर्ने र बाँकी कामका लागि नेपाल सरकार तथा युवा तथा खेलकुद मन्त्रालयसँग थप बजेट माग गरिने कानुले जानकारी दिए।

त्यसैगरी मधेस प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने उल्लेख गरेकाले प्रदेश सरकारसँग पनि थप बजेटका लागि पहल गरिने उनले बताए।

करिब ३५ हजार दर्शक क्षमताको नारायणी रंगशाला काठमाडौंको दशरथ रंगशालापछिको देशकै दोस्रो ठूलो रंगशाला मानिन्छ। तर मर्मत सम्भारको अभावमा लामो समयदेखि जीर्ण बन्दै गएपछि यहाँ खेलकुद गतिविधि लगभग बन्दजस्तै भएको थियो।

स्थानीय खेलप्रेमी र खेलाडीहरूले करिब एक दशकदेखि रंगशाला पुनर्निर्माणको माग गर्दै विभिन्न आन्दोलन र दबाबमूलक कार्यक्रम गर्दै आएका थिए। संघीय तथा प्रदेश संसदमा पनि यस क्षेत्रका जनप्रतिनिधिले पटक–पटक पुनर्निर्माणको विषय उठाउँदै आएका थिए।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा करिब १७ बिघा १० कट्ठा जग्गा खरिद तथा अधिग्रहण गरी रंगशाला निर्माण प्रक्रिया सुरु गरिएको थियो। २०४२ सालमा निर्माण सम्पन्न भएको रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए।

एक समय राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने यो रंगशाला पछिल्ला वर्षहरूमा मर्मत अभावका कारण प्रयोगविहीन बन्दै गएको थियो।

Previous Post

आजदेखि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने आयल निगमको निर्णय

Next Post

केपी शर्मा ओलीका पिताको निधन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
केपी शर्मा ओलीका पिताको निधन

केपी शर्मा ओलीका पिताको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l