काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।
गठ्ठाघरस्थित एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। केही समययता उनी अस्वस्थ रहँदै आएका थिए।
स्वर्गीय ओलीको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।

