Monday, April 13, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आज विश्व मिर्गौला दिवस, जनचेतना जगाउन विभिन्न कार्यक्रम

राष्ट्र आवाज by राष्ट्र आवाज
March 12, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
आज विश्व मिर्गौला दिवस, जनचेतना जगाउन विभिन्न कार्यक्रम
2
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ।

यस दिवसको मुख्य उद्देश्य मिर्गौला स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु र मिर्गौला रोगको जोखिम कम गर्नेबारे सचेतना फैलाउनु हो।

मिर्गौला शरीरको अत्यन्त संवेदनशील अंग भएकाले यसको नियमित हेरचाह र प्रारम्भिक परीक्षणले रोग लाग्नबाट बच्न मद्दत पुग्ने चिकित्सकहरू बताउँछन्। विश्व मिर्गौला दिवसले मिर्गौला स्वास्थ्यप्रति सजग रहन र स्वस्थ जीवनशैली अपनाउन सबैलाई प्रेरित गर्ने उद्देश्य राखेको छ।

नेपालमा झन्डै ३० लाखभन्दा बढी मानिसमा मिर्गौलासम्बन्धी समस्या रहेको अनुमान गरिएको छ। त्यस्तै प्रत्येक वर्ष करिब ३ हजार जनामा मिर्गौला फेल हुने गरेको तथ्यांकले देखाएको छ।

चिकित्सकहरूका अनुसार मिर्गौला बिग्रिनुका विभिन्न कारण हुन सक्छन्। धेरै अवस्थामा प्रारम्भिक चरणमा स्पष्ट लक्षण नदेखिने भएकाले समयमै परीक्षण गराउनु आवश्यक हुन्छ।

मिर्गौला स्वस्थ राख्न दैनिक कम्तीमा तीन लिटर पानी पिउन, सन्तुलित आहार अपनाउन तथा मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न चिकित्सकहरूले सुझाव दिएका छन्।

Previous Post

सुनको भाउ तोलामा २ हजार रुपैयाँले घट्यो

Next Post

इरानले विश्वकप नखेल्ने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
इरानले विश्वकप नखेल्ने

इरानले विश्वकप नखेल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l