काठमाडौं — नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।
यस हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलाको ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको थियो। सोमबार भने सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको थियो। त्यसपछि मंगलबार ३ हजार ८०० रुपैयाँ र बुधबार २ हजार रुपैयाँले बढेको सुन आज पुनः घटेको हो।
आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको मूल्य २०५ रुपैयाँले घटेर तोलाको ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतार–चढावको असर नेपाली बजारमा पनि देखिने भएकाले सुनचाँदीको भाउ दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

