Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

राष्ट्र आवाज by राष्ट्र आवाज
March 3, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
भारतसंग जोडिएको पर्साको सीमा निर्वाचनको ७२ घण्टाअघि बन्द गर्ने निर्णय
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा ले सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग जोडिएको अन्तरराष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सासँग सीमा जोडिएका विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण जिल्ला र पश्चिम चम्पारण जिल्ला सँगका सीमानाका निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिने भएको हो। उनका अनुसार फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म नाका बन्द रहनेछ। निर्वाचनको समयमा दुवै देशले ७२ घण्टा सीमा बन्द गर्ने परम्परा रहेको उनले बताए।

प्रशासनले फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई पनि सौहार्दपूर्ण र निर्वाचनमैत्री वातावरणमा मनाउन आह्वान गरेको छ। सार्वजनिक स्थलमा भीडभाड, होहल्ला, जबर्जस्ती रङ दल्ने तथा मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बल्याउने गतिविधि नगर्न आग्रह गरिएको छ। साथै, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्न अंकित कपडा लगाएर पर्व मनाउनसमेत निषेध गरिएको जनाएको छ।

होलीको अवसरमा मोटरसाइकल दुर्घटना बढ्ने भएकाले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन रोक लगाइएको सूचनामा उल्लेख छ। फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर राजनीतिक दलको प्रचारप्रसार, सभाजुलुस तथा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रममा डिजे लगायत ध्वनि प्रदूषण हुने बाजा बजाउनसमेत निषेध गरिएको प्रशासनले जनाएको छ।

Previous Post

इरानको आक्रमण प्रयास विफल पारिएको यूएईको दाबी, तीन जनाको मृत्यु

Next Post

तराईमा हर्षोल्लासपूर्वक मनाइँदै होली पर्व

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
तराईमा हर्षोल्लासपूर्वक मनाइँदै होली पर्व

तराईमा हर्षोल्लासपूर्वक मनाइँदै होली पर्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l