Monday, March 16, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

तराईमा हर्षोल्लासपूर्वक मनाइँदै होली पर्व

राष्ट्र आवाज by राष्ट्र आवाज
March 3, 2026
in समाचार, समाज, सम–सामयिक
0
तराईमा हर्षोल्लासपूर्वक मनाइँदै होली पर्व
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – रङहरूको पर्व होली आज तराईका विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमा मनाएको भोलिपल्ट तराई क्षेत्रमा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रका जिल्लामा सार्वजनिक बिदासहित पर्व मनाइएको हो।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा जिल्ला, मोरङ जिल्ला, सुनसरी जिल्ला, सप्तरी जिल्ला, सिराहा जिल्ला, उदयपुर जिल्ला, धनुषा जिल्ला, महोत्तरी जिल्ला, सर्लाही जिल्ला, रौतहट जिल्ला, बारा जिल्ला, पर्सा जिल्ला, रुपन्देही जिल्ला, कपिलवस्तु जिल्ला, दाङ जिल्ला, बाँके जिल्ला, बर्दिया जिल्ला, कैलाली जिल्ला तथा कञ्चनपुर जिल्ला लगायतका जिल्लामा होली धूमधामका साथ मनाइँदैछ।

मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। परस्परमा रङ दल्दै भेदभाव बिर्सने र आपसी सद्भाव सुदृढ गर्ने पर्वका रूपमा होलीलाई लिने गरिएको छ।

पण्डित त्रिलोचन भुर्तेलका अनुसार होली असत्यमाथि सत्य, अधर्ममाथि धर्म तथा छलमाथि निश्छलताको विजयको प्रतीक हो। “अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भाव र उमंग फैलाउने पर्वका रूपमा होलीको विशेष महत्व छ,” उनले बताए। प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिसँग जोडिँदै फागु, फगुवा, होली, होरी आदि नामले मनाउन थालिएको उल्लेख गरिएको छ।

पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज बिदा दिइएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

उनका अनुसार अनुमतिबिना रङ दल्ने, लोला हान्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्ने तथा अनावश्यक होहल्ला गर्नेहरूलाई कारबाही गरिनेछ। साथै, अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, केमिकलयुक्त रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ। कुनै आपराधिक गतिविधि भएमा प्रहरी हटलाइन १०० मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

Previous Post

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

Next Post

चितवन–२ मा रवि लामिछानेको अग्रता

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
चितवन–२ मा रवि लामिछानेको अग्रता

चितवन–२ मा रवि लामिछानेको अग्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l