Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अनुमति बिना सप्तरीमा आठ विद्यालय सञ्चालनमा

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 13, 2025
in अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
अनुमति बिना सप्तरीमा आठ विद्यालय सञ्चालनमा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वैशाख ३० –  सप्तरीको दुई वटा पालिकामा अनुमति नै नलिई आठ वटा विद्यालय सञ्चालनमा रहेको पाइएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनमा कञ्चनरुप नगरपालिकामा दुई वटा र हनुमाननगर कंकालिनी नगरपालिकामा छ वटा गरी आठ विद्यालय अनुमति बिना सञ्चालनमा रहेको पाइएको हो ।

उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति बिनाको थप कक्षा सञ्चालन नगर्न नगराउन वैशाख १९ मा आदेश दिएपछि समन्वय इकाईले यही वैशाख २८ बाट विद्यालयहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरिरहेको छ ।

स्थलगत निरीक्षणकै क्रममा मङ्गलबार कञ्चनरुप नगरपालिका पुगेका टोलीले दुईवटा विद्यालय अनुमतिभन्दा माथिल्लो तहको कक्षा सञ्चालन गरिरहेको पाएको हो ।

ब्राइट फ्युचर एकेडमीले ३ कक्षाको अनुमति लिएर ७ कक्षासम्म विद्यार्थी भर्ना गरी पठन पाठन गराई रहेको र माउन्ट एभ्रेष्ट विद्या मन्दिर ६ कक्षासम्मको अनुमति लिएर ८ कक्षासम्म सञ्चालन गरिरहेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिनुभयो ।

“कञ्चनरुपमा पूरै पालिका स्थलगत निरीक्षण गर्न बाँकी रहेको र अहिलेसम्मको निरीक्षणमा दुईवटा विद्यालय अनुमति पाएको भन्दा माथिल्लो तहसम्मको पठन पाठन सञ्चालन गरेको पाइयो” उहाँले भन्नुभयो ।

यसअघि आइतबार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा छ वटा निजी विद्यालयले अनुमति नलिएर कक्षा सञ्चालन गरेको पाइएको थियो ।

स्थलगत निरीक्षण तथा अनुगमन टोलीले हनुमाननगर बजार क्षेत्रका निजी तथा संस्थागत विद्यालयहरूको स्थलगत निरीक्षण गर्दा आधा दर्जन विद्यालय मापदण्ड विपरित अनुमति पाएको भन्दा माथिल्लो तहसम्मको कक्षा सञ्चालन गरेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिनुभयो ।

मापदण्ड विपरित सञ्चालनमा रहेको विद्यालयहरुमा शिक्षादीप बोडिङ स्कुलले कक्षा दुईसम्म अनुमति लिएर कक्षा पाँचसम्म पठनपाठन गराइरहेको, गौतम बुद्ध आइडियल स्कुलले पूर्व प्राथमिक तहको अनुमति लिएर कक्षा पाँचसम्म, ग्रीन ल्याण्ड एकेडेमीले कक्षा एक को अनुमति लिई कक्षा चारसम्म पठनपाठन गराइरहेको पाइएको छ ।

यस्तै, आन्नद प्राइभेट एजुकेसनल गुठीले कक्षा एकको अनुमति लिएर कक्षा आठसम्म, आरपी मेमोरियल स्कुलले कक्षा एक को अनुमति लिइ कक्षा सातसम्म तथा ब्राइट फ्युचर एकेडेमीले अनुमतिनै नलिएर कक्षा तीनसम्म पठनपाठन गराउँदै आएको शाखा अधिकृत यादवले बताउनुभयो ।

अनुमित नलिएर कक्षा सञ्चालन गर्दै आएको त्यस्ता विद्यालयहरुलाई अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको समन्वय इकाई सप्तरीका शाखा अधिकृत यादवले जानकारी दिनुभयो ।

“कि त अनुमति लिनुस्, कि त कक्षा सञ्चालन बन्द गर्नुस्” भन्ने निर्देरशन दिएको उहाँले भन्नुभयो । “यो पहिलो चरणको अनुगमन हो, हामी दोस्रो चरणको अनुगमन पनि थाल्छौं, विधि प्रक्रिया नपुर्‍याए र अनुमति बिना सञ्चालनमा रहेका त्यस्ता विद्यालय उपर कानुनी कारबाही हुन्छ,” यादवले भन्नुभयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत यादव, नगरपालिकाको शिक्षा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शिवनाथ मण्डल र शाखा प्रमुख हरिनारायण साह  स्थलगत निरीक्षण तथा अनुगमनमा सहभागि हुनुहुन्थ्यो ।

Previous Post

उपराष्ट्रपति यादवसँग नर्वेली राजदूत ड्रामडलको भेटवार्ता

Next Post

आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा बेग्लै महाशाखा गठन

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा बेग्लै महाशाखा गठन

आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा बेग्लै महाशाखा गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l