Monday, April 13, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

उपराष्ट्रपति यादवसँग नर्वेली राजदूत ड्रामडलको भेटवार्ता

पराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडल

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 13, 2025
in अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
उपराष्ट्रपति यादवसँग नर्वेली राजदूत ड्रामडलको भेटवार्ता
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वैशाख ३०   – उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मङ्गलबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, विकास सहयोगलगायतका विषयमा संवाद भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र हो । सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेबिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहाद्र्रपूर्ण रही आएको छ ।’’ उहाँले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरु रहेको बताउनुभयो ।

‘‘विकास साझेदारको रुपमा नेपालले नर्वेसंगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘नर्वे सरकारले विशेष गरी नवीकरणीय उर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरु हाम्रा लागि उपयोगी छन् ।’’

उपराष्ट्रपति यादवले नर्वेले बहुपक्षीय मञ्चहरुमा, अन्तर्राष्ट्रिय मुद्दाहरु जस्तै राष्ट्रसङ्घीय शान्ति कार्य तथा जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै आपसी हितका विषयहरुमा दुई पक्षीय र बहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गर्नुभयो ।

‘‘जलवायु परिवर्तनलगायत विश्व परिवेशमा देखा पर्नसक्ने अन्य जल्दाबल्दा मुद्दामा केन्द्रित रही विश्वस्तरमा बहस चलाउने उद्देश्यका साथ नेपालले सगरमाथा संवादका लागि संवाद मञ्च स्थापना गरेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘उक्त संवाद मञ्चको पहिलो संस्करण १६–१८ मे २०२५ सम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुने भएकाले त्यसमा नर्वेबाट उच्चस्तरको सहभागिता रहने अपेक्षा छ ।’’

उपराष्ट्रपति यादवले महामहिम राजदूत मार्फत् नर्वेको संविधान र राष्ट्रिय दिवसका अवसरमा नर्वेली जनताको सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले नेपालसँग नर्वेको मैत्रीपूर्ण र सौहाद्र्रपूर्ण सम्बन्ध रही आएको बताउनुभयो । ‘‘नेपालको विकासमा नर्वे प्रमुख विकास साझेदारमध्येको एक हो ।,’’ उहाँले भन्नुभयो, ‘‘नर्वेले नेपालको जलविद्युत, हरित ऊर्जालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ ।’’

उहाँले नेपालको मौलिक पहिचानसहितको सांस्कृतिक विविधता अतुलनीय रहेको उल्लेख गदै आफ्नो कार्यकालमा यी सांस्कृतिक विविधतालाई अत्यन्तै नजिकबाट अवलोकन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रशंसनीय कार्य भएको जनाउँदै उक्त संवादमा नर्वेको सक्रिय सहभागिता रहने बताउनुभयो ।

Previous Post

वीरगन्जमा बसको ठक्करबाट साइकल यात्री गम्भीर घाइते

Next Post

अनुमति बिना सप्तरीमा आठ विद्यालय सञ्चालनमा

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
अनुमति बिना सप्तरीमा आठ विद्यालय सञ्चालनमा

अनुमति बिना सप्तरीमा आठ विद्यालय सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l