वैशाख ३० – वीरगन्जको बसपार्क नजिक भिस्वा प्रणामी मन्दिर चौकमा बसले ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते भएका छन्।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, आज दिउँसो ती साइकल यात्री सडक पार गर्दै थिए, त्यत्तिकैमा तीव्र गतिमा आइरहेको बसले ठक्कर दिएको हो। घाइतेलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारको लागि लगिएको छ। घाइते व्यक्तिको नाम र ठेगाना खुल्न बाँकी छ ।घटनामा संलग्न बा.४ ख ३९३५ बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना पछि बस चालक फरार भएका छन्। स्थानीय प्रहरीले चालकको खोजी तीव्र बनाएको जनाएको छ। यस दुर्घटनाले स्थानीयस्तरमा ट्राफिक सुरक्षाबारे पुनः चासो उत्पन्न गराएको छ। स्थानीयवासीहरूले उक्त क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधार गर्न माग गरेका छन्।

