कात्तिक १४ – दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको छ ।
भारतले दिएको १ सय २६ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले ४६, ट्राभिस हेडले २८ रन बनाए । भारतका जसप्रीत बुमराह, वरुण चक्रवर्ती र कुलदीप यादवले २/२ विकेट लिए ।
यसअघि मेलबर्नमा टस हारेर ब्याटिङ गरेको भारत १८ ओभर ४ बलमा १ सय २५ रन बनाउँदा अलआउट भयो । भारतका अभिषेक शर्माले ६८, हर्षित राणाले ३५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका जोश हेजलवुडले ३ विकेट लिए ।
योसँगै अस्ट्रेलियाले ५ खेलको टी–२० शृङ्खलामा १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो । अब तेस्रो खेल पर्सि आइतवार हुनेछ ।

