Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

कुलिङ पिरियड’ छानबिन समितिकाे प्रतिवेदनमा के छ ?

राष्ट्र आवाज by राष्ट्र आवाज
August 5, 2025
in समाचार
0
कुलिङ पिरियड’ छानबिन समितिकाे प्रतिवेदनमा के छ ?
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – सङ्घीय निजामती सेवा विधेयक २०८० मा ‘कुलिङ पिरियड’ को व्यवस्थामा भएको त्रुटिका विषयमा अध्ययन तथा छानबिन विशेष समितिकाे प्रतिवेदन सार्वजनिक भएकाे छ ।

यसअघि आजै समितिले संसद् भवन नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको थियाे । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् सांसद जीवन परियार सभापति रहनुभएकाे समितिले निजामती र सरकारी कर्मचारीले अवकाश वा राजीनामापछिको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र सरकारीलगायतका नियुक्ति नपाउने सङ्घीय निजामती सेवासम्बन्धी विधेयकको व्यवस्था खण्डित हुने प्रावधान राखेकामा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।

आज बिहान प्रतिवेदनले अन्तिम रूप पाएको थियो । निजामती विधेयकको प्रतिवेदनमा हस्ताक्षरकर्ता भएका कारणले समिति सभापति खतिवडा र समिति सचिव सुरजकुमार दुरालाई नैतिक रूपमा जिम्मेवार बनाइएको सांसदहरूले बताएका छन् ।

प्रतिनिधिसभाले गएकाे असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।

Previous Post

भारतलाई हराएर च्याम्पियन बनेका ढाँटलाई नगद १ लाख प्रदान गर्ने सखुवा प्रसाैनीका अध्यक्ष यादवको घोषणा

Next Post

धनुषसँग अफेयरको हल्लाबीच पहिलोपल्ट बोलिन् मृणाल ठाकुर

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
धनुषसँग अफेयरको हल्लाबीच पहिलोपल्ट बोलिन् मृणाल ठाकुर

धनुषसँग अफेयरको हल्लाबीच पहिलोपल्ट बोलिन् मृणाल ठाकुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l