Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्र आवाज by राष्ट्र आवाज
July 11, 2025
in समाचार
0
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी – गुल्मीकाे कालीगण्डकी गाउँपालिका–६ खड्गकोट बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार गएरातिकाे अविरल वर्षाका कारण सडक माथिबाट ठूलो पहिरोसँगै ठूला–ठूला चट्टानहरू खसिरहेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि प्रहरी चौकी भुर्तुङ्बाट प्रहरी टोली पुगे पनि तत्कालै पहिरो पन्छाउन भने सम्भव नदेखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।

कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मी हुँदै बाग्लुङ जाने यो सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले बर्खाको समयमा बाढी र पहिरो जान सक्ने भन्दै पहिरोग्रस्त र खोला तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Previous Post

जनमत पार्टीमा विवाद चर्कियो, दुई नेताविरुद्ध अनुशासनको कारबाही प्रक्रिया अघि बढ्यो

Next Post

मौद्रिक नीति सार्वजनिक : नीतिगत दर घटाउँदै कर्जाको पहुँच विस्तार गर्ने लक्ष्य

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बैंकबाट ऋण पाउनु ‘नैसर्गिक अधिकार’: गभर्नर पौडेल

मौद्रिक नीति सार्वजनिक : नीतिगत दर घटाउँदै कर्जाको पहुँच विस्तार गर्ने लक्ष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l