Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जनमत पार्टीमा विवाद चर्कियो, दुई नेताविरुद्ध अनुशासनको कारबाही प्रक्रिया अघि बढ्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
July 11, 2025
in समाचार
0
जनमत पार्टीमा विवाद चर्कियो, दुई नेताविरुद्ध अनुशासनको कारबाही प्रक्रिया अघि बढ्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  डा.सिके राउत नेतृत्वको जनमत  पार्टीले केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट) विरुद्ध अनुशासनको कारबाही प्रक्रिया अघि बढाएको छ ।

पार्टीको हितविपरीत गतिविधि गरेको आरोपमा उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले दुवै नेतालाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।

उनीहरूविरुद्ध सामाजिक सञ्जालमार्फत् पार्टी निर्णय र नीतिको खुलेरै विरोध गर्नुका साथै विधान विपरीत अनुशासनहीन कार्य गरेको आरोप लगाइएको छ ।

चौधरीले पठाएको पत्रमा भनिएको छ, ‘पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्नता भएको हुँदा पार्टीको विधानको धारा ३९ (क) को उपधारा २, ३, ४, ५, १० र १५ आकर्षित हुने हुँदा तपाईँलाई किन कारबाही नहुनुपर्ने हो भनी ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अनुरोध छ ।’

पार्टीको अनुशासनको मुद्दा चुलिँदै जाँदा जनमत पार्टीभित्रको आन्तरिक स्थायित्व र एकताको सवाल थप जटिल बन्ने देखिएको छ । 
Previous Post

क्यानडामा कपिल शर्माको क्याफेमा गोलीबारी, खालिस्तानी आतंककारीले लिए जिम्मेवारी

Next Post

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l