Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मौद्रिक नीति सार्वजनिक : नीतिगत दर घटाउँदै कर्जाको पहुँच विस्तार गर्ने लक्ष्य

राष्ट्र आवाज by राष्ट्र आवाज
July 11, 2025
in समाचार
0
बैंकबाट ऋण पाउनु ‘नैसर्गिक अधिकार’: गभर्नर पौडेल
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक सुस्तीलाई तोड्दै अर्थतन्त्रमा गति दिनका लागि आगामी आर्थिक वर्ष (२०८२/८३) का लागि मौद्रिक नीति ल्याएको छ ।

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा केन्द्रीय बैंकले स्थायी तरलता सुविधा दर (बैंक दर) ०.५ प्रतिशत बिन्दुले घटाउँदै ६ प्रतिशतमा झारेको छ ।

यसका साथै, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत र स्थायी निक्षेप संकलन दर ३ प्रतिशतबाट झारेर २.७५ प्रतिशत तोकिएको छ ।

मौद्रिक नीतिमा निजी क्षेत्रलाई कर्जाको प्रवाह १२ प्रतिशतले बढाउने प्रक्षेपण गरिएको छ । गभर्नर पौडेलका अनुसार, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले अब ब्याजदर घट्ने र कर्जाको पहुँच बढ्ने अपेक्षा गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ भने मूल्यवृद्धि (मुद्रास्फीति) ५.५ प्रतिशतभित्र सीमित राख्ने प्रयत्न गरिने बताइएको छ ।

राष्ट्र बैंकले वर्तमान आर्थिक चुनौतीलाई ध्यानमा राख्दै नीतिगत रूपमा लचिलो, तर विवेकपूर्ण र सचेत दिशा अवलम्बन गरेको जनाएको छ ।

Previous Post

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Next Post

राष्ट्रिय सभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
राष्ट्रिय सभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

राष्ट्रिय सभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l