Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्साका जनस्वास्थ्य संयोजक जयमोद ठाकुरद्वारा पत्रकारमाथि दुर्व्यवहारको आरोप

राष्ट्र आवाज by राष्ट्र आवाज
July 6, 2025
in समाचार
0
पर्साका जनस्वास्थ्य संयोजक जयमोद ठाकुरद्वारा पत्रकारमाथि दुर्व्यवहारको आरोप
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका संयोजक जयमोद ठाकुरले कार्यक्रम स्थलमै पत्रकारमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप लागेको छ।

आज दिउँसो वीरगन्जको क्लासिक ब्यान्क्वेटमा नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ को पत्रकार सम्मेलनमा सहभागी हुन पुगेका पत्रकारहरूसँग संयोजक ठाकुरले होहल्ला र अभद्र व्यवहार गरेको पत्रकारहरूले बताएका छन्।

‘असारे बजेट’ टिप्पणीबाट सुरु विवाद

पत्रकार राजु बैठाले चलचित्रको पत्रकार सम्मेलनपछि सोही हलमा जनस्वास्थ्य कार्यालयको प्रशिक्षण कार्यक्रमको ब्यानर देखेर ‘असारे बजेट सिध्याउने चटारो’ हो भन्दै टिप्पणी गरेको च्वाइस खबर अनलाइनका पत्रकार राकेश साहले जानकारी दिए । यस टिप्पणीलगत्तै कार्यालयका कुनै कर्मचारीले संयोजक ठाकुरलाई फोन गरी बोलाएका थिए।

कार्यक्रम स्थलमा पुग्नासाथ संयोजक ठाकुरले ‘बैठा को हो’ भन्दै गालीगलौज र होहल्ला गर्न थालेको पत्रकार साहले बताए। ‘संयोजक ठाकुरले, यो विकासे बजेट हो र ? असारे बजेट सिध्याउनलाई’ भन्दै पत्रकार बैठाको नाम लिएर जंगिएका थिए,’ पत्रकार साहले भने, ‘हामीले दाइ यो सामान्य कुरा हो, यसमा रिसाउनु पर्ने केही नभएको बताए पनि संयोजक ठाकुर भने गाली गलौज गर्न रोकिएनन्।’

पत्रकारहरूका अनुसार, ठाकुर दिउँसो मदिरा सेवन गरी कार्यक्रम स्थलमा आएर दुर्व्यवहार गरेका थिए।

संयोजक ठाकुरको खण्डन : ‘आरोप निराधार’

यद्यपि, संयोजक ठाकुरले भने आफूले कसैलाई पनि गालीगलौज नगरेको दाबी गरेका छन्। ‘कार्यक्रम स्थलमा कसैले स्वास्थ्यकर्मीहरूलाई अनावश्यक प्रश्न सोधेर हैरान बनाएको भनेर फोन आएपछि म त्यहाँ पुगेर कसले त्यसो भन्यो भनेर सोधेको मात्र हुँ,’ संयोजक ठाकुरले भने, ‘म जिम्मेवार स्वास्थ्यकर्मी हुँ, मदिरा सेवन गरेको हुँ भन्ने आरोप निराधार हो।’

पत्रकार महासंघको चासो, कारबाहीको माग

संयोजक ठाकुर, जो सामान्यतया पर्साका पत्रकारहरूसँग सहकार्यमै रहने र राम्रो सम्बन्ध रहेको मानिन्छ, यसरी जंगिएको घटनाले पत्रकारहरू आक्रोशित भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस विषयमा गम्भीर चासो देखाएको छ।

घटनापछि पत्रकारका विभिन्न संघ–संगठनका प्रतिनिधिमण्डल पर्साका जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरी घटनाबारे ध्यानाकर्षण गराएको छ ।
महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालले समाचार संकलन गर्न पुगेका पत्रकारहरुसँग यस्तो किसिमको दुर्व्यवहारले अभिव्यक्ति स्वतन्त्रता र पेसागत मर्यादामाथि प्रश्न उठाएको बताएका छन् । उनले रिपोटिङको क्रममा पत्रकारहरुसँग दुव्र्यवहार गर्नेलाई कारवाही गर्नुपर्छ भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक(एसी)सँग माग गरेका छन् ।

Previous Post

वीरगञ्ज भंसारमा दैनिक लाखौंको अवैध असुली, विचौलियामाथि कसले कार्वाही गर्ने ?

Next Post

अस्पतालहरुमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अस्पतालहरुमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा

अस्पतालहरुमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l